ललितपुर मेयर महिला टि-२० : एपीएफको जितमा सिताको अर्धशतक

ललितपुर मेयर महिला च्याम्पियनसिपको पहिलो संस्करण अन्तर्गत शनिवार सम्पन्न पहिलो खेलमा विभागीय टोलि एपीएफले प्रदेश-१ लाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

तिन महिना अघि दाङमा सम्पन्न प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिताको फाइनलमा एपीएफलाई पराजित गर्दै प्रदेश-१ ले प्रतियोगिताको उपाधि जितेको थियो। त्यसपछि प्रदेश-१ र एपीएफ बीचको खेल प्रतिक्षित रहेको थियो जसमा एपीएफले जित दर्ता गरेको हो।

टियु मैदान कीर्तिपुरमा सम्पन्न खेलमा प्रदेश-१ ले दिएको १०७ रनको लक्ष्य एपीएफले २ विकेट गुमाएर १८ ओभरमा भेटाएको हो। स्कोरकार्ड 

एपीएफको ब्याटिंगमा कप्तान सिता राना मगरले अविजित अर्धशतकीय योगदान दिईन् जुन क्रममा ५० बलमा ७ चौका प्रहार गर्दै ५२ रन बनाईन्। ज्योति पाण्डेले ३२ रन, इन्दु बर्माले अविजित ८ रन तथा सरिता मगरले ६ रन योगदान दिईन्।

सिता र ज्योतिले ७० रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।

प्रदेश-१ को बलिंगमा रुबिना क्षेत्री र संगीता राईले समान १ विकेट हात पारिन्।

Rubina Chhetri

यस अघि टस जितेर ब्याटिंग गरेको प्रदेश-१ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०६ रन बनाएको थियो।

प्रदेश-१ को लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ४५ रनको योगदान दिईन् जुन क्रममा ४८ बलमा ६ चौका प्रहार गरिन्। रोमा थापाले ३३ रन बनाईन्। रुबिना र रोमाले तेश्रो विकेटको लागि ६६ रनको साझेदारी गरेका थिए।

एपीएफको बलिंगमा रेखा रावल, करुणा भण्डारी, सिता राना मगर र बिनु बुढा मगरले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सिता राना मगर घोषित भईन्।

प्रतियोगितामा प्रदेश नम्बर-१, शशस्त्र प्रहरी बल ( एपिएफ ), सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स-११ गरि पाँच टिमको सहभागिता रहेको छ।

ललितपुर मेयर महिला च्याम्पियनसिप भोलि देखि, कुन टिममा को-को छन् खेलाडीहरु

बाबर प्रेरित पाकिस्तानको रोमान्चक जित

यो सिजन आईपीएल गुमाउने ४ स्टार खेलाडी





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]