यही अप्रिल १७ तारिख देखि २४ तारिखसम्म ( बैशाख ४ गते देखि ११ गते ) नेपालमा आयोजना हुने नेपाल, मलेसिया र नेदरल्याण्ड बीच त्रिकोणात्मक टि-ट्वान्टी सिरिजको लागि नेपाल क्रिकेट संघले २० सदस्यीय प्रारम्भिक बन्द प्रशिक्षण टिमको घोषणा गरेको छ।
नेपाल क्रिकेट संघले आइतबार बिज्ञप्ति जारि गर्दै टिमको घोषणा गरेको हो। सिरिजको लागि नेपालले चैत्र २४ गते देखि बन्द प्रशिक्षण सुरु गर्नेछ। हाल टियु क्रिकेट मैदान किर्तिपुरमा काठमाडौँमा उपलब्ध भएका खेलाडीहरु प्रशिक्षक डेभ व्हाटमोरसंग अभ्यासरतर रहेका छन्।
क्यानले घोषणा गरेको टिममा लोकेश बम, आसिफ शेख, शाहब आलम, पवन सर्राफ, सन्दिप जोरा, कुशल भुर्तेल, बिक्रम सोब जस्ता खेलाडीहरुले मौका पाएका छन्।

प्रारम्भिक टिममा शरद भेसावकर, बसन्त रेग्मी, भुवन कार्की, रोहित पौडेल जस्ता खेलाडीहरुलाई मौका दिईएको छैन। प्रधानमन्त्री कपको दौरान घाइते भएका ब्याट्सम्यान आरिफ शेखले टिममा पुनरागमन गरेका छन्।
घोषित टिम : ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र ऐरी, बिनोद भण्डारी, सोमपाल कामि, करन केसी, सन्दिप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमल सिंह ऐरी, सुशन भारि, शाहब आलम, सन्दिप जोरा, बिक्रम सोब, पवन सर्राफ, ललित राजबंशी
सिरिज टि-२० फर्म्याटमा खेलिनेछ भने डबल राउण्ड रोबिनको आधारमा सहभागी तिनवटा टोलिले एकअर्का बिरुद्ध २-२ खेल खेलीसकेपछि अंकतालिकामा उत्कृस्ट हुने दुईवटा टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
नेपालमा अन्तिम पटक अन्तर्राष्ट्रिय क्रिकेट गत वर्ष फेब्रुअरीमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलिएको थियो। नेपाली राष्ट्रिय क्रिकेट टिमले पछिल्लो पटक थाइल्याण्डमा गत वर्ष मार्चमा एसीसी इस्टर्न रिजन टि-२० प्रतियोगिता खेलेको थियो।
धेरैले पढेको
https://wicketnepal.com/ipl-dev-padikkal-covid-wn21/
https://wicketnepal.com/ipl-2021-3-players-likely-to-miss/
