पहिलो संस्करणको ललितपुर मेयर महिला च्याम्पियनसिप टि-२० अन्तर्गत दोश्रो दिन सम्पन्न दोश्रो खेलमा ललितपुर मेयर्स-११ ले लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा मेयर्स-११ लाई सुदूरपश्चिम प्रदेशले ७ विकेटले पराजित गरेको थियो।
टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा ललितपुर मेयर्स-११ ले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशले पुरै २० ओभर ब्याटिंग गरेता पनि ५ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो। स्कोरकार्ड, अंकतालिका
लुम्बिनी प्रदेशको लागि सरस्वति जीएमले सर्वाधिक अविजित ४६ रन योगदान दिईन् जुन क्रममा ५२ बलमा २ चौका प्रहार गरिन्। कप्तान नेरी थापा र नितु भण्डारीले समान २० रन बनाए।
मेयर्स-११ को बलिंगमा सरस्वती चौधरी, आरति बिडारि र शिला क्षेत्रीले समान १ विकेट हात पारे।
यस अघि टस जितेर ब्याटिंग गरेको ललितपुर मेयर्स-११ ले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १४४ रन बनाएको थियो।
मेयर्स-११ को लागि छैठौं नम्बरमा ब्याटिंग गरेकी सुमन खतिवडाले सर्वाधिक अविजित ७७ रन योगदान दिईन् जुन क्रममा उनले ५२ बलमा ९ चौका र २ छक्का प्रहार गरिन्। अस्मिना कर्माचार्यले अविजित २० तथा अनुराधा चौधरीले १० रन योगदान दिए।
एक समय ३६ रनको योगफलमा ५ विकेट गुमाएको मेयर्स-११ लाई सुमन र अस्मिनाले अविजित १०८ रनको साझेदारी गर्दै विशाल योगफलतर्फ डोर्याएका थिए।
खेलको प्लेयर अफ द म्याच सुमन खतिवडा घोषित भईन्।
प्रतियोगिता अन्तर्गत सोमबार एक मात्र खेल लुम्बिनी प्रदेश र प्रदेश नम्बर-१ बीच खेलिनेछ। दुवै टिमले आफ्नो पहिलो खेलमा हार बेहोरीसकेका छन्।
धेरैले पढेको
नेदरल्याण्ड र मलेसियासंग त्रिकोणात्मक सिरिजको लागि नेपाली टिमको घोषणा
IPL : बैंगलोर ओपनर पडीक्कललाई कोरोना, सुरुवाती खेल गुमाउन सक्ने