लक्ष्मीले लिईन् ह्याट्रिक विकेट, सुदूरपश्चिमसंग प्रदेश-१ पराजित

२०७७ चैत्र २४, मंगलवार १६:४७

प्रदेश नम्बर-१ लाई ४० रनले पराजित गर्दै सुदुरपश्चिम प्रदेशले ललितपुर मेयर्स महिला च्याम्पियनसिपमा दोश्रो जित दर्ता गरेको छ। पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई ७ विकेटले पराजित गरेको सुदूरपश्चिम दोश्रो खेलमा एपीएफसंग ३७ रनले पराजित भएको थियो। जित पछि सुदूरपश्चिम अंकतालिकाको दोश्रो स्थानमा उक्लदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर-१ ले १८.५ ओभरमा ८९ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। स्कोरकार्ड, अंकतालिका 

प्रदेश नम्बर-१ को लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन, अप्सरी बेगमले २२ रन, संगीता राईले १३ रन तथा निग्मा तामांगले १० रन योगदान दिईन्।

सुदूरपश्चिमको बलिंगमा लेग स्पिनर लक्ष्मी साउदले ह्याट्रिक विकेट सहित सर्वाधिक ४ विकेट हात पारिन्। साउदले ३.५ ओभरमा १९ रन खर्चिन्। कविता कुँवरले २ तथा सुनिता लुहारले १ विकेट लिईन्।

https://www.facebook.com/WicketNepal/posts/2149387778531346

इनिंग्सको १९ औं ओभरमा बलिंग गर्ने क्रममा लक्ष्मीले तेश्रो, चौथो र पाँचौ बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरेकी थिईन्। यस क्रममा उनले सबनम राईलाई रितु कनोजियाबाट क्याच आउट, स्मृति कटुवाललाई एलबिडब्लु तथा ह्याट्रिक पुरा गर्ने क्रम मा ज्योति दनुवारलाई कविता कुँवरबाट क्याच आउट गरिन्।

यस अघि टस जितेर ब्याटिंग रोजेको सुदुरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो।

सुदूरपश्चिमको लागि बिन्दु रावलले सर्वाधिक ५२ रन बनाईन् जुन क्रममा ५८ बलमा ४ चौका प्रहार गरिन्। रेवती धामीले ३० रन तथा कविता जोशीले २१ रन योगदान दिईन्।

Bindu Rawal

प्रदेश नम्बर-१ को बलिंगमा सबनम राईले २ विकेट तथा ज्योति दनवारले १ विकेट लिए।

मंगलबारनै सम्पन्न पहिलो खेलमा एपीएफले ललितपुर मेयर्स-११ लाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ।

प्रतियोगितामा प्रदेश नम्बर-१, शशस्त्र प्रहरी बल ( एपिएफ ), सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स-११ गरि पाँच टिमको सहभागिता रहेका छन्। लिग चरणमा सबै टिमले एकअर्का बिरुद्ध खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम फाइनल प्रवेश गर्नेछन्।

धेरैले पढेको 

https://wicketnepal.com/ipl-rcb-opaning-garna-sakchan-yi-wn21/

https://wicketnepal.com/apf-into-final-lwc-wn21/

https://wicketnepal.com/sa-vs-pak-2nd-odi-res-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy