ललितपुर मेयर महिला टि-२० : एपीएफको लगातार चौथो जित

ललितपुर मेयर्स महिला च्याम्पियनसिप प्रतियोगिताको लिग चरणको खेलहरु सकिएको छ। लिग चरणको विजेताको रुपमा एपीएफ र उपविजेताको रुपमा सुदूरपश्चिमले फाइनलमा स्थान बनाएका छन्। लुम्बिनी प्रदेशले प्रतियोगिताको सबै ४ वटा खेलमा हार बेहोर्दै अंकतालिकाको पुछारमा रह्यो।

बिहिबार सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ४० रनले सहजै पराजित गर्यो। टियु मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको १४३ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशले २० ओभर ब्याटिंग गरेता पनि २ विकेट क्षेतीमा १०२ रन मात्र बनाउन सक्यो।

स्कोरकार्ड, अंकतालिका 

लुम्बिनी प्रदेशको लागि लक्ष्मी चौधरीले सर्वाधिक ३५ रन, नेरी थापाले अविजित २७ रन, सरस्वति घर्ति मगरले २१ रन तथा नितु भण्डारीले १७ रन बनाए। एपीएफको बलिंगमा रेखा रावल र बिनु बुढा मगरले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको एपीएफले २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो। एपीएफको लागि ममता चौधरीले सर्वाधिक ४७ रन बनाए जुन क्रममा ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। सिता राना मगरले २८ रन तथा राजमती ऐरीले २३ रन बनाए।

लुम्बिनी प्रदेशको बलिंगमा स्वस्तिका बजगाईं र कृतिका मरासिनीले समान २ विकेट तथा नेरी थापा र सरस्वति पुनले समान १ विकेट लिए।

प्रतियोगिताको फाइनल खेल शनिवार एपीएफ र सुदूरपश्चिम प्रदेश बीच खेलिनेछ।

यो पनि पढ्नुस 

ललितपुर मेयर महिला टि-२० : रोमा र रुबिना चम्किदा प्रदेश-१ विजयी

त्रिकोणात्मक टि-२० सिरिज : नेपालको पहिलो खेल नेदरल्याण्डसंग ( खेलतालिका सहित )

राष्ट्रिय क्रिकेट टिमले लगायो कोरोना बिरुद्धको खोप ( फोटो फिचर सहित )





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]