भारतको सिक्किमको ‘ए’ डिभिजन लिग ‘कन्चेनडीजोंगा शिल्ड मेन्स ए डिभिजन लिग’ खेल्न पुगेको नेपाली विभागीय टोलि नेपाल पुलिस क्लबले पहिलो खेलमा विशाल जित दर्ता गर्दै उत्कृस्ट सुरुवात गरेको छ।
सिक्किम क्रिकेट ग्राउण्ड, राँगपोमा सम्पन्न खेलमा पुलिसले स्थानीय व्हाइट कोंच क्रिकेट क्लबलाई १० विकेटले पराजित गरेको हो।
व्हाइट कोंचले दिएको ६३ रनको झिनो लक्ष्य पुलिसले विकेट नगुमाई ७.४ ओभरमा भेटायो। पुलिस ओपनर सुनिल धमलाले अविजित २९ रन तथा अमित श्रेष्ठले अविजित २१ रन बनाए।
यस अघि निर्धारित ४० ओभरको खेलमा टस जितेर ब्याटिंग गरेको व्हाइट कोंच क्रिकेट क्लबले २४.५ ओभरमै सम्पूर्ण विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो। व्हाइट कोंचको लागि भिनित कुमारले सर्वाधिक २३ रन तथा यासर हुसेनले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पुलिसको बलिंगमा देब्रे हाते स्पिनरद्वय अनिल खरेल ( ०.५-०-६-२ ) , सागर ढकाल ( ७-२-२०-२ ) र पेसर राशिद खानले ( ५-३-४-२ ) समान २ विकेट लिए। गुलसन झा ( ४-२-३-१ ) र योगेन्द्र सिंह कार्की ( ३-०-८-१ ) ले समान १ विकेट लिए।
लिगमा कुल १० वटा टिम सहभागी रहेका छन्। त्यसमध्ये ८ वटा टिम सिक्किमको स्थानीय क्लबहरु हुन् भने नेपालबाट नेपाल पुलिस क्लब सहित कोलकाताको राजस्थान क्लब आमन्त्रित टिमको रुपमा लिगमा सहभागी छन्।
लिगमा सहभागी १० वटा टिमलाई दुईवटा समुहमा बिभाजन गरिएको छ। नेपाल पुलिस क्लब रहेको समुहमा ब्ल्याक इगल जीडीवाब्लुसीए, रोयल नर्थर्न ब्रदर्स, व्हाइट कोंच क्रिकेट क्लब रहेका छन्।
यो पनि पढ्नुस
https://wicketnepal.com/14th-ipl-aaja-suru-hundai-sampurna-jank/
https://wicketnepal.com/tri-ser-nep-ned-1st-match-wn21/
