IPL : हर्षलले ५ विकेट लिंदा मुम्बईको मध्यम योगफल

२०७७ चैत्र २७, शुक्रबार २१:३६

१४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत चेन्नाईको एमए चिदम्बरम स्टेडियममा जारि उद्घाटन खेलमा  डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीयन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा हारेर ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाउदै बैंगलोरलाई १६० रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुम्बई कप्तान तथा ओपनर रोहित शर्मा १९ रन बनाएर चौथो ओभरमा रन आउट भएपछि दोश्रो विकेटको लागि अर्का ओपनर क्रिस लिन र सुर्यकुमार यादवले ७० रनको साझेदारी गरे। २३ बलमा ४ चौका र १ छक्का मद्दतले ३१ रन बनाएका यादवलाई ११ औं ओभरमा कायल जेमीसनले विकेटकिपर डीभिल्लीयर्सबाट क्याच आउट गरे।

अर्धशतक बनाउन मात्र १ रनले चुक्दै क्रिस लिन १३ औं ओभरमा वासिंगटन सुन्दरबाट क्याच आउट भए। लिनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। १३ रन बनाएर हार्दिक पान्ड्यापनि १६ औं ओभरमा हर्षल पटेलबाट एलबिडब्लु भए। १९ बलमा २ चौका र १ छक्का मद्दतले २८ रन बनाएर इशान किशन पनि पटेलबाट एलबिडब्लु भए। पटेलले १८ औं ओभरमा मात्र ४ रन खर्चेर मुम्बईलाई दबाबमा राखे।

इनिंग्सको अन्तिम ओभरको पहिलो र दोश्रो बलमा पटेलले ७ रन बाएका क्रुनाल पान्ड्या र ७ रन बनाएका काईरन पोलार्डलाई क्याच आउट गराए। पटेल त्यतिमै सिमित भएनन् र चौथो बलमा खाता नखोली मार्को जान्सेनलाई क्याच आउट गराए।

इनिंग्सको अन्तिम ५ ओभरमा मुम्बईले ३७ रन बनाउदा ६ विकेट गुमाउन पुग्यो।

बैंगलोरको बलिंगमा दायाँ हाते पेसर हर्षल पटेलले ५ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए। पटेललाई यो सिजन बैंगलोरले टिममा भित्र्याएको हो जसले यस अघिको सिजन दिल्लीबाट खेलेका थिए। कायल जेमिसन ( ४-०-२७-१ ) र वासिंगटन सुन्दर ( १-०-७-१ ) ले समान १ विकेट लिए भने युजभेन्द्र चहल ( ४-०-४१-० ) र मोहम्मद सिराज ( ४-०-२२-० ) विकेटविहिन रहे।

यो पनि पढ्नुस 

https://wicketnepal.com/14th-ipl-aaja-suru-hundai-sampurna-jank/

https://wicketnepal.com/chennai-repl-behrendorff-wn21/

https://wicketnepal.com/sikkim-e-div-league-police-1st-m/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy