एपीएफले उपाधि जित्दा कप्तान सिता प्रतियोगिताकै उत्कृस्ट

सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले सहजै पराजित गर्दै विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) ले पहिलो संस्करणको ललितपुर मेयर्स महिला च्याम्पियनसिपको उपाधि जितेको छ।

तिन महिना अघि दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा फाइनलमा प्रदेश-१ संग ६ रनले पराजित हुँदै उपाधि जित्न चुकेको एपीएफले यो पटक भने कुनै गल्ति गरेन।

टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १०७ रनको लक्ष्य एपीएफले मात्र २ विकेट गुमाएर १६.२ ओभरमै भेटायो। स्कोरकार्ड

लक्ष्य पछ्याउने क्रममा एपीएफ ओपनर ज्योति पाण्डे र सिता राना मगरले ६९ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। ११ औं ओभरमा सिता र १३ औं ओभरमा ज्योति रन आउट हुँदा सुदूरपश्चिम खेलमा फर्किएको थियो। ज्योतिले ३६ रन तथा सिताले २७ रन बनाईन्। तेश्रो विकेटको लागि इन्दु बर्मा र ममता चौधरीले ३० रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

यस अघि टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभर ब्याटिंग गर्दै ७ विकेट क्षेतीमा १०६ रन बनाएको थियो।

सुदूरपश्चिमको लागि बिन्दु रावलले अविजित ४४ रन, कविता कुँवरले १३ रन, डली भट्टले १४ रन तथा रेवती धामीले १० रन योगदान दिए।

एक समय १२ औं ओभरमा ६६ रन बनाउदा मात्र २ विकेट गुमाएको सुदूरपश्चिमले त्यसपछि भने नियमित अन्तरलमा विकेट गुमाउन पुगेको थियो। फलस्वरुप उसले त्यसपछि ८ ओभरमा मात्र ४० रन बनाउन सक्यो।

एपीएफको बलिंगमा रेखा रावल, करुणा भण्डारी, सुष्म श्रेष्ठ, सिता राना मगर र बिनु बुढा मगरले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच ज्योति पाण्डे चुनिईन्।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी एपीएफ कप्तान सिता राना मगर चुनिईन् जसले प्रतियोगिताभर कुल १२३ रन बनाउनुको साथै ५ विकेट समेत लिएकी थिईन्। यस्तै प्रतियोगिताकै उत्कृस्ट ब्याट्सउमन प्रदेश-१ की रुबिना क्षेत्री घोषित भईन् जसले ४ कुल १६१ रन बनाएकी थिईन्। प्रतियोगिताकै उत्कृस्ट बलर एपीएफकी बिनु बुढा मगर चुनिईन् जसले ५ खेलमा १० विकेट नाम गरिन्। उत्कृस्ट खेलाडी चुनिएकी सिताले २५ हजार रुपैयाँ हात पारिन् भने उत्कृस्ट ब्याट्सउमन र बलर चुनिएका रुबिना र बिनुले १५ हजार रुपैयाँ प्राप्त गरे।

उपाधि जितेको एपीएफले ३ लाख रुपैयाँ तथा उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो।

धेरैले पढेको 

मुम्बई बिरुद्ध रोमान्चक जित पछि कोहलीद्वारा कीर्तिमानी हर्षलको तारिफ

IPL : दोश्रो खेलमा चेन्नाई र दिल्लीको भेट, कस्तो हुनेछ दुवै टिमको अन्तिम-११





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]