IPL : पुनरागमन खेलमा रैनाको अर्धशतक, दिल्लीलाई चुनौतीपूर्ण लक्ष्य

२०७७ चैत्र २८, शनिबार २१:३०

भारतमा जारि १४ औं सिजनको इन्डीयन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत दोश्रो खेललाई मा चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्।

मुम्बईको वान्खेडे स्टेडियममा टस हारेर ब्याटिंग गरेको चेन्नाई सुपर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट नोक्सानीमा १८८ रन बनाउदै दिल्लीलाई १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

चेन्नाईको सुरुवात खराब रह्यो। दोश्रो ओभरमा खाता नखोलीसकेका फाफ डु प्लेसीलाई आभेस खानले एलबिडब्लु आउट गरे भने तेश्रो ओभरमा ५ रन बनाएका रुतुराज गायकवाडलाई क्रिस वोक्सले क्याच आउट गराए।

तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका मोईन अलि र चौथो नम्बरमा आएका सुरेश रैनाले तेश्रो विकेटको लागि ५३ रनको साझेदारी गरे। २४ बलमा ४ चौका र २ छक्का मद्दतले ३६ रन बनाएका अलिलाई नवौं ओभरमा रभीचन्द्रन आश्विनले क्याच आउट गराए। त्यसपछि रैनाले अम्बाती रायडुसंग ६३ रन जोडे। २३ रन बनाएका रायडुलाई टम करनले १४ औं ओभरमा क्याच आउट गराए।

अर्धशतक पुरा गरेपछि १६ औं ओभरमा सुरेश रैना क्रिस वोक्सबाट रन आउट हुन पुगे। रैनाले ३६ बलमा ३ चौका र ४ छक्का मद्दतले ५४ रन बनाए।

धोनी खाता नखोली बोल्ड भए

रैनाको विकेट लगत्तै कप्तान महेन्द्र सिंह धोनी खाता नखोली आभेसबाट बोल्ड हुन पुगे। आईपीएल इतिहासमा धोनी मात्र चौथो पटक खाता नखोली आउट भएका हुन्।

धोनीको विकेटपछि रभीन्द्र जडेजा र स्याम करनले अन्तिमा आक्रामक ब्याटिंग गरे। टम करनले गरेको १९ औं ओभरमा सयम करनले २ छक्का र २ चौका प्रहार गर्दा एकै ओभरमा २३ रन बन्यो। दुवैले सातौँ विकेटको लागि २७ बमल ५१ रनको साझेदारी गरे।

अन्तिम बलमा वोक्सबाट बोल्ड हुनु अघि स्याम करनले १५ बलमा ४ चौका र २ छक्का मद्दतले ३४ रन बनाए। अविजित रहेका रभीन्द्र जडेजाले १७ बलमा ३ चौका मद्दतले २६ रन बनाए।

दिल्लीको बलिंगमा आभेस खान ( ४-०-२३-२ ) र क्रिस वोक्स ( ३-०-१८-२ ) ले समान २ विकेट लिए। रभीचन्द्रन आश्विन, टम करनले समान १ विकेट लिए।

धेरैले पढेको 

https://wicketnepal.com/police-2nd-win-sikkim-a-div/

https://wicketnepal.com/mumbai-birudh-romanchak-jit-pachi-tarif-w/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy