घरेलु मैदानमा नेदरल्याण्ड र मलेसियासंग खेलिने त्रिकोणात्मक टि-२० सिरिजको लागि नेपाल क्रिकेट संघले १५ सदस्यीय नेपाली राष्ट्रिय टोलिको घोषणा गरेको छ।
अप्रिल १७ देखि २४ तारिखसम्म ( बैशाख ४ गते देखि ११ सम्म ) आयोजना हुने प्रतियोगिताको लागि क्यानले यस अघि २० सदस्यीय प्रारम्भिक टोलि घोषणा गरेर अभ्यास सुरु गरेको थियो।
प्रारम्भिक टिममा रहेका खेलाडीहरुमध्ये लोकेश बम, बिक्रम सोब, पवन सर्राफ, सन्दिप जोरा र ललित राजबंशीले अन्तिम टिममा मौका पाउन सकेनन्।
घोषित टिममा ब्याट्सम्यानको रुपमा कप्तान ज्ञानेन्द्र मल्ल सहित उपकप्तान दिपेन्द्र ऐरी, पारस खड्का, आरिफ शेख, कुशल भुर्तेल टिममा छन्। टोलिमा विकेटकिपर ब्याट्सम्यानको रुपमा बिनोद भण्डारी र आसिफ शेख रहेका छन्। यस्तै अलराउण्डरको रुपमा करन केसी, सोमपाल कामि, कुशल मल्ल रहेका छन्। टिममा लेग स्पिनरको रुपमा सन्दिप लामिछाने, देब्रे हाते स्पिनरद्वय सुशन भारि र शाहब आलम छन् भने कमल सिंह ऐरी र अविनाश बोहरा फास्ट बलरको रुपमा रहेका छन्।
टोलिमा नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा डेब्यु नगरेका खेलाडीहरु आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरी मात्र रहेका छन्। कमलले एकदिवसीय अन्तर्राष्ट्रियमा भने डेब्यु गरिसकेका छन्।

घोषित टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र ऐरी ( उपकप्तान ) , पारस खड्का, आरिफ शेख, कुशल भुर्तेल, बिनोद भण्डारी ( विकेटकिपर ) , आरिफ शेख, कुशल भुर्तेल, आसिफ शेख ( विकेटकिपर ) , करन केसी, सोमपाल कामि, कुशल मल्ल, सन्दिप लामिछाने, सुशन भारि, शाहब आलम, कमल सिंह ऐरी, अविनाश बोहरा
सिरिजको लागि यस अघिनै नेदरल्याण्ड र मलेसियाले टिमको घोषणा गरिसकेको थियो। दुवै टिम हाल नेपालमा अभ्यासरत रहेका छन्।
नेदरल्याण्ड टिम : पिटर सिलर ( कप्तान ) टोबीएस भिसे, बेन कुपर, म्याक्स ओ’ डोड, बास डी लिडे, बिक्रमजित सिंह, स्कट एडवार्ड्स, आर्यन दत्त, फिलिपे बोसेभेन, पल भान मिकीरन, भिभिएन किंग्मा, टोनी स्टाल, सेबास्टिएन ब्राट, जुलिएन डे मे
मलेसिया टिम : एहमद फैज बिन मोहम्मद नुर ( कप्तान ) , भिरनदिप सिंह ( उपकप्तान ) , सयद अजिज बिन सयद मुबारक, शर्भिन मुनिएन्डी, मोहम्मद अनवर बिन अरुदीन, मोहम्मद शफिक बिन मोहम्मद शरिफ, ऐनुल हफिज बिन मोहम्मद यतीम, अमिनुदीन रामली, मुहम्मद अनवर बिन ए रहमान, सयजरुल एजात बिन इदृस, मुहम्मद वफिक इरफान बिन जर्बानी, पभनदिप सिंह, मुहम्मद फित्री बिन मोहम्मद शाम, खिजार हायत दुरानी, धीभेन्द्रन मोगन
सिरिज अन्तर्गत उद्घाटन खेलमा नेदरल्याण्डसंग अप्रिल १७ तारिख ( बैशाख ४ गते ) प्रतिस्पर्धा गर्नेछ। नेपालको दोश्रो खेल मलेसियासंग अप्रिल १९ तारिखमा ( बैशाख ६ गते ) , तेश्रो खेल नेदरल्याण्डसंग अप्रिल २० तारिखमा ( बैशाख ७ गते ) नेदरल्याण्डसंग तथा चौथो खेल मलेसियासंग अप्रिल २२ तारिख ( बैशाख ९ गते ) खेल्ने तालिका रहेको छ।
नेपालले खेल्ने सबै खेल दिउसो १:१५ बजे सुरु हुनेछ। मलेसिया र नेदरल्याण्ड बीच अप्रिल १८ तारिख र अप्रिल २१ तारिखमा हुने दुईवटा खेल भने १२:१५ बजे सुरु हुनेछ। लिग चरणको खेल पछि १ दिन विश्राम रहेको छ जसपछि अप्रिल २४ तारिख ( बैशाख ११ गते ) फाइनल खेलिनेछ जुन खेल १:१५ बजे दिउसो सुरु हुनेछ।
डबल राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने सिरिजमा सहभागी तिन वटा टिमले एक अर्कासंग २/२ खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम बीच फाइनलमा प्रतिस्पर्धा हुनेछ। सिरिज अन्तर्गत लिग चरणमा ६ वटा र फाइनल गरि कुल ७ वटा खेल खेलिनेछन्।
सम्बन्धित
https://wicketnepal.com/kyan-le-thalyo-namibia-sanga-tayari/
