ट्राई सिरिज : पारसको प्रतिस्थापनमा जोरा

२०७८ बैशाख ३, शुक्रबार १७:५६

घाइते हुँदै त्रिकोणात्मक सिरिज गुमाएका पारस खड्काको प्रतिस्थापनको रुपमा नेपाल क्रिकेट संघले सन्दिप जोराको नाम घोषणा गरेको छ।

पारस खड्काले यसै साता आइतबार अभ्यास खेलको दौरान क्याच लिने क्रममा दायाँ कांधमा चोट लागेपछि त्रिकोणात्मक सिरिज गुमाउने छन्।

सिरिजको लागि घोषित १५ सदस्यीय टिममा स्थान बनाउन नसकेका ब्याट्सम्यान सन्दिप जोराले पारसको स्थान पूर्ति गर्नेछन्।

२० वर्षीय जोराले नेपालको लागि ६ वटा टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन् जुन क्रममा २०.२० को औशत र १२१.६८ को स्ट्राइक रेटले १०१ रन बनाएका छन्। उनले २०१९ जनवरीमा युएई बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको लागि डेब्यु गरेका थिए। उक्त डेब्यु खेलमै जोराले अविजित ५३ रन बनाएर कीर्तिमान बनाएका थिए। त्यस क्रममा उनि टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने कान्छो खेलाडी बनेका थिए।

पछिल्लो समय नेपाली घरेलु क्रिकेटमा राम्रो लयमा रहेका जोराले काठमाडौँ मेयर्स कप एकदिवसीय प्रतियोगितामा एपीएफको प्रतिनिधित्व गर्दै ललितपुर मेयर्स-११ र नेपाल पुलिस क्लब बिरुद्ध अर्धशतक प्रहार गरेका थिए। प्रतियोगिताको तेश्रो सर्वाधिक रनकर्ता उनले ५ खेलमा ४१.५० को औशत र ८३.४१ को स्ट्राइक रेटमा १६६ रन बनाएका थिए।

अन्तिम पटक जोराले २०१९ मा ओमानमा सम्पन्न पांच देश सम्मिलित टि-२० सिरिजमा नेपालबाट टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए। उक्त सिरिजमा जोराले छैठौं नम्बरमा ब्याटिंग गरेका थिए। जोरा घरेलु क्रिकेटमा पनि पाँचौ/छैठौं स्थानमा ब्याटिंग गर्ने गर्छन्।

यो पनि पढ्नुस 

https://wicketnepal.com/paras-nakhelne-tri-series-wn21/

https://wicketnepal.com/tri-ser-nep-team-ann-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy