IPL : चेन्नाईद्वारा पन्जाब ६ विकेटले पराजित

२०७८ बैशाख ३, शुक्रबार २२:५६

पन्जाब किंग्सलाई ६  विकेटले पराजित गर्दै चेन्नाई सुपर किंग्सले आईपीएल १४ मा पहिलो जित दर्ता गएको छ। पछिल्लो खेलमा चेन्नाई दिल्लीसंग पराजित भएको थियो। पहिलो खेलमा राजस्थानलाई पराजित गरेको पन्जाबले भने पहिलो हार बेहोरेको छ।

मुम्बई स्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा पन्जाबले दिएको १०७ रनको लक्ष्य चेन्नाईले १५.४ ओभरमा ४ विकेट क्षेतीमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा ओपनर रुतुराज गायकवाड ५ रन बनाएर आउट भएपछि अर्का ओपनर फाफ डु प्लेसीले एक किनार सम्हाले। डु प्लेसीले दोश्रो विकेटको लागि मोईन अलिसंग ६६ रनको साझेदारी गरे। १३ औं ओभरमा अलि ४६ रन बनाएर आउट भए जसले ३१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। १५ औं ओभरमा ८ रन बनाएका सुरेश रैना तथा खाता नखोली अम्बाती रायडु मोहम्मद शामीबाट क्याच आउट हुन पुगे जतिबेला चेन्नाई जित नजिक पुगीसकेको थियो। डु प्लेसीले अविजित ३६ रन बनाउदै टिमलाई जितसम्म पुर्याए।

पन्जाबको बलिंगमा मोहम्मद शामीले २ विकेट ( ४-०-२१-२ ) लिए भने अर्शदिप सिंह र मुरुगन आश्विनले समान १ विकेट लिए।

दिपक चाहरले उत्कृस्ट प्रदर्शन गरे

यस अघि पन्जाब किंग्सले २० ओभरमा ८ विकेट क्षेतीमा मात्र १०६ रन बनाएको थियो।

खराब सुरुवात गरेको पन्जाबले पहिलो ५ विकेट २५ रनमै गुमाएको थियो। पहिलो ओभरमा खाता नखोल्दै मायाँक अग्रवाललाई दिपक चाहरले बोल्ड गरेका थिए। तेश्रो ओभरमा केएल राहुल ५ रन बनाएर रन आउट हुन पुगे। १० रन बनाएका क्रिस गेल र खाता नखोल्दै निकोलस पुरनलाई चाहरले पाँचौ ओभरमा क्याच आउट गराए। सातौँ ओभरमा १० रन बनाएर दिपक हुडा पनि चाहरको शिकार भए।

त्यसपछि छैठौं नम्बरमा ब्याटिंग गर्न आएका शाहरुख खानले एक किनार सम्हाल्दै टिमको योगफल १०० पार गराए। अन्तिम ओभरमा आउट हुनु अघि खानले ३६ बलमा ४ चौका र २ छक्का मद्दतले ४७ रन बनाए।झाई रिचर्डसनले १५ रन बनाए।

चेन्नाई सुपर किंग्सको बलिंगमा दिपक चाहरले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र १३ रन खर्चिए। स्याम करन, मोईन अलि र ड्वेन ब्राभोले समान १ विकेट लिए।

यो पनि पढ्नुस 

https://wicketnepal.com/pak-beat-sa-series-3-1/

https://wicketnepal.com/ysto-cha-nepal-netherland-t20-cric/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy