ट्राइ सिरिज : नेपालले पहिले फिल्डिंग रोज्यो, कुशल, आसिफ र शाहबले डेब्यु गर्दै

२०७८ बैशाख ४, शनिबार १३:१६

नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-ट्वान्टी सिरिज अन्तर्गत उद्घाटन खेलमा शनिवार नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। खेल टियु अन्तर्राष्ट्रिय मैदानमा १:१५ बजे दिउसो सुरु हुँदैछ।

खेलमा नेपालले टस जितेर नेदरल्याण्डलाई ब्याटिंगको निम्तो दिएको छ। नेपालले अन्तिम-११ मा कुशल भुर्तेल, आसिफ शेख र शाहब आलमलाई मौका दिएको छ। आसिफ र शाहबको यो टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु हुनेछ।

नेपालको अन्तिम ११ : Gyanendra Malla(c), Dipendra Singh Airee, Aarif Sheikh, Sandeep Lamichhane, Karan KC, Binod Bhandari(w), Abinash Bohara, Sompal Kami, Kushal Bhurtel, Shahab Alam, Aasif Sheikh

नेदरल्याण्डको अन्तिम ११ : Max ODowd, Scott Edwards(w), Ben Cooper, Bas de Leede, Pieter Seelaar(c), Paul van Meekeren, Philippe Boissevain, Vivian Kingma, Antonius Staal, Aryan Dutt, Julian de Mey

नेपाल र नेदरल्याण्ड बीच खेलिन लागेको यो सातौं टि-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हो। एक अर्का बिरुद्ध भएका ६ वटा भेटमा नेदरल्याण्ड तिन वटा खेलमा, नेपाल दुईवटा खेलमा तथा एक खेल नतिजाविहिन टुंगिएको थियो।

यो पनि पढ्नुस 

https://wicketnepal.com/ysto-cha-nepal-netherland-t20-cric/

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy