ट्राई सिरिज : नेपाल र मलेसिया बीच पछिल्लो ५ खेलको नतिजा

२०७८ बैशाख ५, आईतवार २०:५१

नेपालमा जारी त्रिदेशीय टि-ट्वान्टी सिरिज अन्तर्गत दोश्रो खेलमा आयोजक नेपालले मलेसियासंग सोमबार प्रतिस्पर्धा गर्दैछ। सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो भने मलेसियाले नेदरल्याण्डसंग १५ रनको हार बेहोरेको छ। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र मलेसिया हालसम्म कुल ४ पटक आमनेसामने भएका छन्। पछिल्लो ५ वर्षमा टि-२० फर्म्याटमा दुई देश ५ पटक भेट भएका छन्। खेलहरुमा नेपाल र मलेसिया बीचको नतिजा यहाँ प्रस्तुत गरेका छौँ –

अक्टोबर ६, २०१८ ( आईसीसी टि-२० विश्वकप एसिया छनोट ‘बि’ ) 

आईसीसी टि-२० विश्वकप एसिया छनोट ‘बि’ प्रतियोगितामा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो। मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा मात्र २ विकेट क्षेतीमा पुरा गरेको थियो। नेपालको लागि पारस खड्काले सर्वाधिक ५२ रन बनाएका थिए भने बलिंगमा सन्दिप लामिछानेले ५ विकेट लिएका थिए। मलेसियाको लागि शफिक शरिफले सर्वाधिक ४९ रन योगदान दिएका थिए।

जुलाई १३, २०१९ ( नेपालको मलेसिया भ्रमण, पहिलो टि-२० ) 

नेपालको मलेसिया भ्रमण अन्तर्गत खेलिएको टि-२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले ३ विकेट क्षेतीमा १८.३ ओभरमा भेटाएको थियो। नेपालको लागि पारस खड्काले अविजित ८६ रन बनाएका थिए। मलेसियाको ब्याटिंगमा भिरनदिप सिंहले ५७ तथा एहमद फैजले ४५ रन बनाएका थिए। बलिंगमा नेपालको लागि करन केसीले ३ तथा सन्दिप लामिछाने र बसन्त रेग्मीले समान २ विकेट लिएका थिए।

Nepal vs Malaysia

 

जुलाई १४, २०१९ ( नेपालको मलेसिया भ्रमण, दोश्रो टि-२० ) 

नेपालको मलेसिया भ्रमण अन्तर्गत खेलिएको टि-२० सिरिज अन्तर्गत दोश्रो खेलमा नेपाल ६ रनले विजयी भएको थियो। नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले २० ओभरमा ७ विकेट क्षेतीमा १६७ रन बनाएको थियो।

मलेसियाका सयद अजिजले सर्वाधिक ५० रन बनाएका थिए। नेपालको बलिंगमा सोमपाल कामि र सन्दिप लामिछानेले समान २ विकेट लिएका थिए। यस अघि नेपालले २० ओभरमा ६ विकेट क्षेतीमा १७३ रन बनाएको थियो। नेपालको लागि बिनोद भण्डारीले ५१ रन तथा शरद भेसावकरले ४० रन बनाएका थिए।

२४ जुलाई २०१९ ( टि-२० विश्वकप एसिया रिजन , फाइनल ) 

टि-२० विश्वकप एसिया छनोट २०१९ को उपाधि जित्ने क्रममा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो। निर्धारित ९ ओभरको खेलमा मलेसियाले दिइएको ८४ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर ८ ओभरमा भेटाएको थियो। नेपालको ब्याटिंगमा ज्ञानेन्द्र मल्लले सर्वाधिक ५१ रन बनाएका थिए। नेपालको बलिंगमा सोमपाल कामिले सर्वाधिक ३ विकेट लिएका थिए।

२९ फेब्रुअरी २०२० ( एसीसी टि-ट्वान्टी इस्टर्न ) 

थाइल्याण्डमा सम्पन्न एसीसी टि-ट्वान्टी इस्टर्न प्रतियोगितामा नेपाललाई २२ रनले स्तब्ध पार्दै नेपाल बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा पहिलो जित दर्ता गर्न सफल भएको थियो। ब्यांगकक स्थित टेर्ड थाई मैदानमा सम्पन्न खेलमा मलेसियाले टस जितेर ब्याटिंग गर्दै दिएको १५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.५ ओभरमा १३२ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।

नेपालको लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्र ऐरीले समान ३८ रन तथा पवन सर्राफले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। मलेसियाको बलिंगमा दायाँ हाते पेसर शर्भीन मुनिएन्डीले सर्वाधिक ४ विकेट लिएका थिए। मलेसियाको ब्याटिंगमा सयद अजिजले सर्वाधिक ५१ रन बनाएका थिए। नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिएका थिए।

यो पनि पढ्नुस 

https://wicketnepal.com/rcb-vs-kkr-m10th-ipl-rep-wn21/

https://wicketnepal.com/nl-vs-mal-m2-tri-ser-res-wn21/

https://wicketnepal.com/dutch-captain-le-gare-tarif-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy