घरेलु मैदानमा जारि त्रि-देशीय टि-ट्वान्टी सिरिजमा उत्कृस्ट प्रदर्शन गरिरहेका नेपाली ओपनर कुशल भुर्तेलले व्यक्तिगत प्रदर्शन भन्दा टिम जित्नु ठुलो कुरा भएको बताएका छन्। डेब्यु टि-२० अन्तर्राष्ट्रियमा नेदरल्याण्डसंग ६२ रन बनाएका भुर्तेलले सोमबार मलेसियासंग नेपालको जितमा अविजित ६१ रन बनाए। जितपछि भुर्तेलले प्रतिक्रिया दिए –
“खुसि लागेको छ , पहिलो कुरा त टिम जित्नु ठुलो कुरा हो। अस्ति धेरै लक्ष्य थियो , आज अझ थोरै भएकोले दबाब थिएन। आज आसिफ र मेरो नट आउट खेल्ने योजना थियो। त्यसैले आज सहज भयो र जोखिमपूर्ण सट खेल्न परेन।”
दायाँ हाते आक्रामक ब्याट्सम्यान भुर्तेलले नेदरल्याण्डसंग अघिल्लो खेलमा टि-२० अन्तर्राष्ट्रिय डेब्यु भएता पनि आफुमा कुनै पनि किसिमको नभएको बताए – “अस्ति डेब्यु थियो तर दबाब केहि पनि थिएन मलाई। यो भन्दा पचिले मैले कठिन मेहनत गरेको थिए , यसकै लागि भनेर गरिरहेको थिएँ। यो मौका पाएको थिए त्यसैले यसलाई गुमाउदिन भन्ने योजना थियो। जुन स्किल थियो त्यसैलाई खेल्दा लागु गरेको मात्र हो।”
https://www.facebook.com/WicketNepal/posts/2159988107471313
नेपाल पुलिस क्लबको लागि घरेलु क्रिकेट खेल्ने तथा यस अघि नेपाली अन्डर-१९ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका भुर्तेलले खेलमा आफुलाई दिईएको जिम्मेवारी पुरा गरेको बताए –
“एउटा रोल मलाई र आसिफलाई दिईएको छ त्यही रोलमा खेलीरहेको हो।” २४ वर्षीय ब्याट्सम्यानले ओपनिंग गर्दै आएकोले मुस्किल नभएको बताए – “२-३ वर्ष भयो ओपनिंग गरेको, इमर्जिंग कप २०१७ देखि ओपनिंग गरेको हुँ। मलाई सहज लाग्छ ओपनिंग गर्न।”
लगातार दुई वटा अर्धशतक बनाएका कुशल नेपालको लागि लगातार दुईवटा टि-२० अन्तर्राष्ट्रिय अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान समेत बनेका छन्।
यो पनि पढ्नुस
नेपाली राइनोजलाई होस्टन ओपनको उपाधि, ४० हजार डलर पुरस्कार जित्न सफल