त्रिदेशीय सिरिजको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध

नेपालमा जारि नेपाल, नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रि-दिवसीय टि-ट्वान्टी सिरिज अन्तर्गतको बाँकी खेलहरुमा दर्शकलाई प्रवेश नदिईने भएको छ।

नेपालमा कोभीड-१९ को बढ्दो असर कम गर्न २०७८ बैशाख ६ गते सम्पन्न नेपाल सरकारको मन्त्रि परिषदको बैठकले सार्वजनिक कार्यक्रममा २५ जना भन्दा बढी व्यक्तिहरु उपस्थित नहुन, दर्शक सहितको खेलकुद प्रतियोगिता संचालन गर्न नपाइने आदेश जारी गरेसंगै नेपाल क्रिकेट संघले किर्तिपुरमा जारि त्रि-दिवसीय सिरिज अन्तर्गतको बाँकी खेलहरुमा दर्शकलाई प्रवेश निशेष गरेको हो। क्यानले सोमबार बेलुका प्रेस बिज्ञप्ति जारी गर्दै बताएको छ।

जारि सिरिज अन्तर्गत नेपालले खेलेको नेदरल्याण्ड र मलेसियासंगको खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो। दर्शकहरुले १ सय ५० रुपैयाँको टिकट काटेर खेल हेरीरहेका थिए।

सोमबार नेपाल र मलेसिया बीचको खेल अघि नेपाल सरकारले २५ जना भन्दा बढी एकै ठाउँमा जम्मा हुन नदिने निर्णय गरेपछि खेल हेर्न जाने दर्शकहरुमा अन्योलता रहेको थियो। तर दर्शकहरु खेल मैदान पुग्ने क्रम सुरु भैसेको तथा टिकट लिईसकेकोले मलेसियासंगको खेलमा दर्शकलाई प्रवेश दिईएको थियो।

सिरिजमा दर्शकहरु प्रवेश निषेध गरिदा सिरिज आयोजनाको ठेक्का पाएको जोहरा स्पोर्ट्स म्यानेजमेन्टलाई ठुलो रकम घाटा लाग्ने निश्चित छ।सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गरिरहेको छ भने युट्युबमा समेत ओएसआर स्पोर्ट्स च्यानलमा प्रत्यक्ष प्रशारण भैरहेको छ।

सिरिज अन्तर्गत नेपालले मंगलबार नेदरल्याण्डसंग खेल्ने तालिका रहेको छ। नेपालले हालसम्म खेलेको दुईवटा खेलमा नेदरल्याण्ड र मलेसियालाई सहजै पराजित गरिसेको छ।

यो पनि पढ्नुस 

मलेसिया बिरुद्ध विशाल जितमा बनेका ९ कीर्तिमान

नेपाली राइनोजलाई होस्टन ओपनको उपाधि, ४० हजार डलर पुरस्कार जित्न सफल

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]