अमित मिश्राले शानदार बलिंग गर्दा मुम्बईको चलेन ब्याटिंग

२०७८ बैशाख ७, मंगलवार २१:३०

१४ औं आईपीएल अन्तर्गत १३ औं खेलमा मुम्बई इन्डीयन्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्।

चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा जारि खेलमा टस जितेर ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाउदै दिल्लीलाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुम्बईको लागि कप्तान रोहित शर्माले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे। इशान किशनले २६ रन, जयन्त यादवले २३ रन तथा सुर्यकुमार यादवले २४ रन बनाए।

रोहितले दोश्रो विकेटको लागि सुर्यकुमार यादवसंग ५८ रनको साझेदारी गर्नु बाहेक मुम्बईको इनिंग्समा ठुलो साझेदारी बन्न सकेन।

अमित मिश्राले ४ विकेट लिए

दिल्लीको बलिंगमा लेग स्पिनर अमित मिश्राले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २४ रन खर्चिए। मिश्राले रोहित शर्मा, इशान किशन, हार्दिक पान्ड्या र काईरन पोलार्डको विकेट लिए। यस्तै आभेस खानले २ विकेट लिंदा मार्कस स्टोइनिस, कागीसो रबाडा र ललित यादवले समान १ विकेट लिए।

लिग अंकतालिकामा यस अघि समान ३ खेल खेलेको दुवै टिमले २ जित र १ हार बेहोर्दै ४ अंक बटुलेका छन्। नेट रन रेटमा अघि रहँदै दिल्ली तेश्रो तथा मुम्बई चौथो स्थानमा रहेको छ। आज जित दर्ता गर्दै दुई टिमलाई अंकतालिकाको शिर्षमा पुग्ने अवसर रहेको छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/csk-vs-rr-ipl-m12-rep-wn21/

https://wicketnepal.com/nep-netherlands-6-rec-wn21/

https://wicketnepal.com/nl-vs-nep-3rd-m-rep-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy