भारतमा जारि १४ औं आईपीएल अन्तर्गत १३ औं खेलमा दिल्ली क्यापिटल्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीयन्सलाई ६ विकेटले पराजित गरेको छ।
चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा मुम्बईले दिएको १३८ रनको लक्ष्य दिल्लीले १९.१ ओभरमा ४ विकेट गुमाएर भेटायो।
लक्ष्य पछ्याउने क्रममा ओपनर पृथ्वी श दोश्रो ओभरमा ७ रन बनाएर आउट भएपछि अर्का ओपनर शिखर धवनले दोश्रो विकेटको लागि स्टिभ स्मिथसंग ५३ रनको साझेदारी गरे। ३३ रन बनाएका स्मिथलाई दशौँ ओभरमा काईरन पोलार्डले एलबिडब्लु आउट गरे।
धवनले ललित यादवसंग तेश्रो विकेटको लागि ३६ रन जोडे। १५ औं ओभरमा धवनलाई राहुल चाहरले क्रुनाल पान्ड्याबाट क्याच आउट गराए। धवनले ४२ बलमा ५ चौका र १ छक्का मद्दतले ४५ रन बनाए। ७ रन बनाएका कप्तान रिशभ पन्तलाई १७ औं ओभरमा क्याच आउट गर्दै जस्प्रित बुम्राहले मुम्बईलाई जितको आशा दिलाए। त्यसपछि पनि ललितले एक किनार सम्हालीरहे।
३ ओभरमा २२ रन आवस्यक हुँदा ट्रेन्ट बोल्टले १८ औं ओभरमा ७ रन खर्चदै दिल्लीलाई दबाबमा राखे। १९ औं ओभरमा बलिंग गरेका बुम्राहले ओभरमा १० रन खर्चिए जुन क्रममा २ वटा नो बल गरे। अन्तिम ओभरमा दिल्लीलाई ५ रन आवस्यक रह्यो जुन अन्तिम ओभरको दोश्रो बलमा दिल्लीले पुरा गर्यो।
ललित यादवले अविजित २२ रन तथा शिमरन हेटमायरले अविजित १४ रन बनाए।
मुम्बईको बलिंगमा जस्प्रित बुम्राह ( ४-०-३२-१ ), जयन्त यादव ( ४-०-२५-१ ) , राहुल चाहर ( ४-०-२९-१ ) , काईरन पोलार्ड ( १-०-४-१ ) ले समान १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग रोजेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो।

मुम्बईको लागि कप्तान रोहित शर्माले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे। इशान किशनले २६ रन, जयन्त यादवले २३ रन तथा सुर्यकुमार यादवले २४ रन बनाए।
रोहितले दोश्रो विकेटको लागि सुर्यकुमार यादवसंग ५८ रनको साझेदारी गर्नु बाहेक मुम्बईको इनिंग्समा ठुलो साझेदारी बन्न सकेन।
दिल्लीको बलिंगमा लेग स्पिनर अमित मिश्राले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २४ रन खर्चिए। मिश्राले रोहित शर्मा, इशान किशन, हार्दिक पान्ड्या र काईरन पोलार्डको विकेट लिए। यस्तै आभेस खानले २ विकेट लिंदा मार्कस स्टोइनिस, कागीसो रबाडा र ललित यादवले समान १ विकेट लिए।
जितपछि अंकतालिकामा दिल्ली ४ खेलमा ३ जित र १ हार बेहोर्दै ६ अंक सहित दोश्रो स्थानमा उक्लेको छ। समान ६ अंक रहेता पनि बैंगलोर नेट रन रेटमा अघि रहँदै पहिलो स्थानमा रहेको छ। हारपछि मुम्बई ४ खेलमा २ जित र २ हार पछि ४ अंक सहित चौथो स्थानमा रहेको छ। समान अंक सहित चेन्नाई तेश्रो स्थानमा रहेको छ।
यो पनि पढ्नुस
https://wicketnepal.com/nep-netherlands-6-rec-wn21/
https://wicketnepal.com/nl-vs-nep-3rd-m-rep-wn21/
