रुख चढेर खेल हेरे नेपाली दर्शकले, नेदरल्याण्ड खेलाडी बेन कुपरले गरे तारिफ

२०७८ बैशाख ८, बुधबार १०:१३

नेपालमा जारि तिन त्रि-देशीय टि-ट्वान्टी सिरिजमा सरकारी निर्णयका कारण दर्शकहरुलाई प्रवेश निषेध गरिएको छ। दर्शकहरुले टियु मैदान किर्तिपुरमा मैदानमा प्रवेश नपाउदा धेरैको नेपाली टिमलाई नजिकबाट नियाल्ने चाहना अधुरै रहेको छ।

तर भनिन्छ नि जहाँ इच्छा त्यहाँ उपाए। नेपाली दर्शकहरुलाई मैदान भित्र प्रवेश नदिईएता पनि नेपाली टिमलाई प्रत्यक्ष हेर्न भए रोकिएका छैनन्। नेपाल र नेदरल्याण्ड बीच मंगलबार खेल चल्दै गर्दा मैदान भित्र त दर्शक थिएनन् तर टियु मैदानको पर्खाल बाहिर ठुलो संख्यामा दर्शकहरु खेलको मजा लिईरहेका थिए। दर्शकहरु त्यतिमा मात्र सिमित रहेनन् मैदान वरपर रहेको रुखमा बसेर समेत आफ्नो प्रिय टिमको खेल नियालेरै छाडे।

नेपाली दर्शकको क्रेजले नेदरल्याण्ड क्रिकेट टिमका ब्याट्सम्यान बेन कुपरको पनि मन जितेको छ। खेल पछि नेपाली टिमका पूर्वकप्तान पारस खड्काले रुखमा बसेर दर्शकहरुले खेल हेरेको फोटो ट्वीटरमा पोस्ट गारेका थिए। उक्त फोटोमा टिप्पणी गर्दै कुपरले ट्वीटरमा लेखेका छन् –

“मैदानमा दर्शकलाई प्रवेश निषेध गरिएको छ तर त्यसले नेपाली दर्शकलाई रोक्न सकेन। बिसुद्ध समर्पण जसले देखाउछ कि उनीहरुलाई आफ्नो क्रिकेट र आफ्नो टिम कति महत्वपूर्ण छ।” कुपरले लेखेका छन्।


कुपरले मात्रै हैन दर्शकहरु पर्खाल बाहिरबाट ठुलो संख्यामा खेल हेरीरहेको स्क्रिनसट पोस्ट गर्दै आयरल्याण्डका पुर्व क्रिकेटर इयान जोन्सनले पनि ट्वीट गरेका छन्। उनले “जहाँ इच्छा त्यहाँ उपाए” भन्दै फोटो पोस्ट गरेका छन्।

यो पनि पढ्नुस 

https://wicketnepal.com/slow-over-rate-jariwana-wn21-rohi/

https://wicketnepal.com/nep-netherlands-6-rec-wn21/

https://wicketnepal.com/nl-vs-nep-3rd-m-rep-wn21/

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy