रुख चढेर खेल हेरे नेपाली दर्शकले, नेदरल्याण्ड खेलाडी बेन कुपरले गरे तारिफ

नेपालमा जारि तिन त्रि-देशीय टि-ट्वान्टी सिरिजमा सरकारी निर्णयका कारण दर्शकहरुलाई प्रवेश निषेध गरिएको छ। दर्शकहरुले टियु मैदान किर्तिपुरमा मैदानमा प्रवेश नपाउदा धेरैको नेपाली टिमलाई नजिकबाट नियाल्ने चाहना अधुरै रहेको छ।

तर भनिन्छ नि जहाँ इच्छा त्यहाँ उपाए। नेपाली दर्शकहरुलाई मैदान भित्र प्रवेश नदिईएता पनि नेपाली टिमलाई प्रत्यक्ष हेर्न भए रोकिएका छैनन्। नेपाल र नेदरल्याण्ड बीच मंगलबार खेल चल्दै गर्दा मैदान भित्र त दर्शक थिएनन् तर टियु मैदानको पर्खाल बाहिर ठुलो संख्यामा दर्शकहरु खेलको मजा लिईरहेका थिए। दर्शकहरु त्यतिमा मात्र सिमित रहेनन् मैदान वरपर रहेको रुखमा बसेर समेत आफ्नो प्रिय टिमको खेल नियालेरै छाडे।

नेपाली दर्शकको क्रेजले नेदरल्याण्ड क्रिकेट टिमका ब्याट्सम्यान बेन कुपरको पनि मन जितेको छ। खेल पछि नेपाली टिमका पूर्वकप्तान पारस खड्काले रुखमा बसेर दर्शकहरुले खेल हेरेको फोटो ट्वीटरमा पोस्ट गारेका थिए। उक्त फोटोमा टिप्पणी गर्दै कुपरले ट्वीटरमा लेखेका छन् –

“मैदानमा दर्शकलाई प्रवेश निषेध गरिएको छ तर त्यसले नेपाली दर्शकलाई रोक्न सकेन। बिसुद्ध समर्पण जसले देखाउछ कि उनीहरुलाई आफ्नो क्रिकेट र आफ्नो टिम कति महत्वपूर्ण छ।” कुपरले लेखेका छन्।


कुपरले मात्रै हैन दर्शकहरु पर्खाल बाहिरबाट ठुलो संख्यामा खेल हेरीरहेको स्क्रिनसट पोस्ट गर्दै आयरल्याण्डका पुर्व क्रिकेटर इयान जोन्सनले पनि ट्वीट गरेका छन्। उनले “जहाँ इच्छा त्यहाँ उपाए” भन्दै फोटो पोस्ट गरेका छन्।

यो पनि पढ्नुस 

स्लो ओभर रेटका कारण रोहितलाई १२ लाख भारु जरिवाना

नेपाल बिरुद्ध जितमा नेदरल्याण्डले बनायो ६ ठुला रेकर्ड

रोमान्चक खेलमा नेपाल बिरुद्ध नेदरल्याण्डको कीर्तिमानी जित, लिडेको कीर्तिमानी ब्याटिंग

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]