बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमा

नेपालमा त्रि-देशीय टि-ट्वान्टी सिरिज अन्तर्गत नेदरल्याण्ड र मलेसिया बीचको खेल बराबरीमा टुंगिएको छ।

यो संगै सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड प्रवेश गरेको छ। बिहिबार हुने नेपाल र मलेसिया बीचको खेलको नतिजाले नेपाल र नेदरल्याण्डलाई मलेसियाले उछिन्ने सम्भावना रहेको छैन। सिरिजको फाइनल शनिवार नेपाल र नेदरल्याण्ड बीच खेलिनेछ। लिग चरणको सबै ४ खेल खेलेको नेदरल्याण्डको २ जित, १ हार र १ बराबरी खेल पछि ५ अंक भएको छ भने ३ खेल खेलेको नेपालले २ जित पछि ४ अंक रहेको छ। ३ खेलमा २ हार र १ बराबरी अंक पछि मलेसियाको मात्र १ अंक रहेको छ।

वर्षा प्रभावित खेलमा नेदरल्याण्डले पहिलो इनिंग्समा १३ ओभरमा ४ विकेट गुमाएर १०७ रन बनाएको थियो। नेदरल्याण्डले १०.२ ओभरमा ६८/३ को अवस्थामा रहंदा वर्षाले खेल लामो समय रोकिएपछि इनिंग्सलाई छोट्याएर १३ ओभरमा छोट्याइएको थियो। त्यसपछि दोश्रो इनिंग्समा मलेसियाले डीएलएस मेथडमा १३ ओभरमा १२० रनको लक्ष्य पाएको थियो।

मलेसियाले लक्ष्य पछ्याउने क्रममा ६ ओभरमा विकेट नगुमाई ५६ रन बनाउदा पुनः वर्षाले खेल रोकिएको थियो। त्यसपछि मलेसियाले १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो। लक्ष्य पछ्याउने क्रममा मलेसियाले १० ओभरमा ४ विकेट क्षेतीमा ९१ रन मात्र बनाउन सक्यो जसपछि खेल डीएल मेथडको आधारमा बराबरीमा टुंगिएको हो।

लक्ष्य पछ्याउने क्रममा मलेसियन ओपनर सयद अजिज र अनवर अरुदीनले ५७ रनको साझेदारी गरेका थिए। सातौँ ओभरमा सेबास्टिएन ब्राटले २३ रन बनाएका अरुदीनलाई बोल्ड गरे। लगत्तै ओभरमा ३० रन बनाएका अजिजलाई बास डी लिडेले क्याच आउट गराए।

त्यसपछि भिरनदिप सिंहले मात्र ६ बलमा ३ चौका मद्दतले १४ रन बनाउदै मलेसियालाई जितको दिशा दिए। नवौं ओभरमा सिंहलाई ब्राटले क्याच आउट गराए।

सिंहको अन्तिम ९ बलमा जितको लागि १६ रन आवस्यक रहेको थियो। नवौं ओभरको चौथो बलमा अमिनुद्दीन रामलीले छक्का प्रहार गरे।

अन्तिम ओभरमा जितको लागि मलेसियालाई मात्र ७ रन आवस्यक रह्यो। भीभीएन किंग्माले ओभरको पहिलो बल वाइड गरे जसपछि सरिफले १ रन बनाए। पुनः किंग्माले वाइड दिए जसपछि डट बल गरे। त्यसपछि रामली र सरिफले १/१ रन लिए। अन्तिम २ बलमा जित्न २ रन आवस्यक हुँदा किंग्माले ९ रन बनाएका रामलीलाई एलबिडब्लु आउट गरे।

अन्तिम बलमा जित्न २ रन आवस्यक हुँदा शर्भीन मुनिएन्डीले बल छुन सकेनन् तर बाईको रुपमा १ रन लिएपछि खेल बराबरीमा टुंगियो। सुपर ओभर नहुँदा दुवै टिमले १/१ अंक बाड्नु परेको हो।

नेदरल्याण्डको बलिंगमा सेबास्टिएन ब्राटले २ विकेट ( २-०-१४-२ ) लिए भने भीभीएन किंग्मा ( २-०-२०-१ ) र बास डी लिडे ( २-०-२२-१ ) ले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग रोजेको नेदरल्याण्डले निर्धारित १३ ओभरमा ४ विकेट क्षेतीमा १०७ रन बनाएको थियो।

नेदरल्याण्डको सुरुवात खराब रहेको थियो। ओपनर तोबेस भीसे खाता नखोली पहिलो ओभरमा आउट भए। अर्का ओपनर विक्रमजित सिंह १ रन तथा सोहि ओभरमा बास दि लिडे खाता नखोली आउट हुँदा नेदरल्याण्ड २२/३ को अवस्थामा पुगेको थियो।

तेश्रो नम्बरमा ब्याटिंग गरेका बेन कुपरले चौथो विकेटको लागि कप्तान पिटर सिलारसंग ६० रनको साझेदारी गरे। ३१ बलमा ५ चौका मद्दतले ३७ रन बनाएर सिलार १२ औं ओभरमा आउट भए।

पाँचौ विकेटको लागि कुपरले एन्टोनियस स्टालसंग ८ बलमा १९ रनको साझेदारी गरे। शर्भीन मुनिएन्डीले गरेको १३ औं ओभरमा कुपरले २ चौका र स्टालले १ छक्का प्रहार गर्दा नेदरल्याण्डले १८ रन बनाउन सफल रह्यो।

कुपरले अविजित ५४ रन बनाए जुन क्रममा ३२ बलमा ७ चौका र २ छक्का प्रहार गरे। एन्टोनियस स्टालले अविजित १० रन बनाए। कुपरले अघिल्लो खेलमा नेपाल बृद्ध पनि ५५ रन बनाएका थिए।

मलेसियाको बलिंगमा मुहम्मद वफिकले २ विकेट ( ३-०-१३-२ ) लिए भने पवनदिप सिंह ( ४-०-२६-१ ) र भीरनदिप सिंह ( १-०-६-१ ) ले समान १ विकेट लिए।

यो पन पढ्नुस 

आईसीसी ब्याटिंग वरियतामा शिर्ष १०० भित्र कुशल भुर्तेल

स्लो ओभर रेटका कारण रोहितलाई १२ लाख भारु जरिवाना

IPL : मुम्बईलाई हराउदै दिल्ली दोश्रो स्थानमा उक्लियो





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]