मलेसिया बिरुद्ध नेपालको कीर्तिमानी योगफल, विश्वरेकर्ड बनाउन चुके करन

त्रि-देशीय सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाउदै मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो दोश्रो ठुलो योगफल हो। सबै भन्दा धेरै नेपालले भुटान बिरुद्ध २०१९ मा २३६ रन बनाएको थियो। यस्तै मलेसिया बिरुद्ध नेपालले बनाएको यो सबैभन्दा ठुलो योगफल हो। यस अघि नेपालले मलेसिया बिरुद्ध बनाएको सर्वाधिक योगफल १७३ रन थियो। २१७ रन मलेसिया बिरुद्ध कुनै पनि टिमले बनएको दोश्रो ठुलो योगफल हो। मलेसिया बिरुद्ध सर्वाधिक रन बनाउने टिम सिंगापुर हो जसले गत वर्ष २३९ रन बनाएको थियो।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३३ रनको ओपनिंग साझेदारी गरे। पाँचौ ओभरमा भुर्तेल १६ रन बनाएर मुहमद वफिकबाट क्याच आउट भए।

दोश्रो विकेटको लागि आसिफले कप्तान ज्ञानेन्द्र मल्लसंग ७३ रन जोडे। २५ बलमा ४ छक्का र १ चौका मद्दतले ४१ रन बनाएका मल्ल १२ औं ओभरमा अनवर रहमानबाट क्याच आउट भए। सोहि ओभरमा आसिफ शेख पनि एलबिडब्लु भए। आसिफले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन बनाए।

कुशल भुर्तेलले १६ रन बनाए

चौथो विकेटको लागि दिपेन्द्र ऐरी र बिनोद भण्डारीले ३७ रनको साझेदारी गरे। १६ औं ओभरमा बिनोद भण्डारी र दिपेन्द्र ऐरीलाई पेभेलियन फर्काए। बिनोद भण्डारीले ८ बलमा ८ रन बनाए भने दिपेन्द्र ऐरीले १७ बलमा ५ चौका र १ छक्का मद्दतले ३३ रन बनाए।

त्यसपछि कुशल मल्ल र करन केसीले आक्रामक ब्याटिंग गर्दै नेपालको योगफल २ सय पार गराए। करनले मोगनले गरेको १८ औं ओभरमा ४ वटा छक्का प्रहार गरे।

अन्तिम ओभरको पहिलो बलमा सयद अजिजबाट क्याच आउट हुनु अघि करन र कुशलले ६६ रनको साझेदारी गरे। करनले मात्र १३ बलमा ७ छक्का मद्दतले ४५ रन बनाए। कुशल मल्लले अविजित १९ रन बनाए जुन क्रममा १० बलमा २ छक्का प्रहार गरे।

करन केसीले ११ बलमा ४४ रन बनाएका थिए। १२ औं बलमा छक्का प्रहार गर्न सकेको भए उनि भारतका युबराज सिंह संगै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा छिटो अर्धशतक पुरा गर्ने ब्याट्सम्यान बन्ने थिए। १२ औं बलमा करनले १ रन लिएका थिए।

मलेसियाको बलिंगमा सयद अजिज ( १-०-४-२ )  फित्री शाम ( ४-०-३२-२ ) र अनवर रहमान ( ४-०-३७-२ ) ले समान २ विकेट लिए। मुहमद वफिकले १ विकेट लिए। स्कोरकार्ड

खेलमा नेपालले कमल सिंह ऐरी र सुशन भारिलाई अन्तिम-११ मा मौका दिएको छ। अविनाश बोहरा र शाहब आलमलाई बाहिर राखिएको छ। कमलको आज टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल हो।

यो पनि पढ्नुस 

सन्दिपको ऐतिहासिक उपलब्धि, सयौं टि-२० खेल्ने पहिलो नेपाली

IPL : मोर्गनलाई १२ लाख भारु जरिवाना

पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]