रोहितको अर्धशतक बाबजुद मुम्बईको मध्यम योगफल

२०७८ बैशाख १०, शुक्रबार २१:२९

१४ औं आईपीएल अन्तर्गत १७ औं खेलमा मुम्बई इन्डीयन्स र पन्जाब किंग्स प्रतिस्पर्धा गरिरहेका छन्।

चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा जारि खेलमा टस हारेर ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३१ रन बनाउदै पन्जाबलाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुम्बईको सुरुवात राम्रो हुन सकेन। क्विन्टन डीकक ३ रन तथा इशान किशन ६ रन बनाएर आउट भए। कप्तान रोहित शर्माले तेश्रो विकेटको लागि सूर्यकुमार यादवसंग ७९ रनको साझेदारी गरे।

२७ बलमा ३३ रन बनाएका यादवलाई १७ औं ओभरमा र्रभी बिस्नोईले क्याच आउट गराए। लगत्तै ओभरमा रोहितलाई मोहम्मद शामीले फाबीयन एलेनमार्फत क्याच आउट गराए। रोहितले ५२ बलमा ५ चौका र २ छक्का मद्दतले ६३ रन बनाए।

सिजनमा पहिलो पटक मौका पाएका बिस्नोईले राम्रो बलिंग गरे

इनिंग्सको अन्तिममा पनि मुम्बई रन गति बढाउन असफल रह्यो र निरन्तर विकेट गुमाई रह्यो। हार्दिक पान्ड्या १ रन तथा क्रुनाल पान्ड्या ३ रन बनाएर आउट भए। काईरन पोलार्डले अविजित १६ रन बनाए जुन क्रममा १२ बलमा १ छक्का प्रहार गरे।

इनिंग्सको अन्तिम ५ ओभरमा मुम्बईले ३४ रन बनाउदा ४ विकेट गुमाउन पुग्यो।

सिजनमा पहलो खेलमा मौका पाएका लेग स्पिनर रभी बिस्नोईले ४ ओभरमा मात्र २१ रन खर्चेर २ विकेट लिए। मोहम्मद शामीले पनि २ विकेट लिने क्रममा ४ ओभरमा २१ रन खर्चिए। दिपक हुडा र अर्शदिप सिंहले समान १ विकेट लिए।

पन्जाब ४ खेलमा ३ हार र १ जित बेहोर्दै २ अंक सहित अंकतालिकाको सातौँ स्थानमा रहेको छ। अर्कोतर्फ मुम्बई ४ खेलमा २ जित र २ हार पछि ४ अंक बटुल्दै चौथो स्थानमा रहेको छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/zim-1st-win-over-pak-t20/

https://wicketnepal.com/punjab-kings-vs-mi-gayle-opaen-garnu-wn21/

https://wicketnepal.com/abinash-mom-vs-mal-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy