“म आफ्नो खेल खेल्न चाहन्थे” कुशल भुर्तेल

२०७८ बैशाख १२, आईतवार ११:१२

त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गर्दै प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका कुशल भुर्तेलले देशमा लामो समय पछि विजेता ट्रफी भित्र्याउन पाउदा खुसि व्यक्त गरेका छन्। कुशल डेब्यु अन्तर्राष्ट्रिय सिरिजमा प्लेयर अफ द सिरिज हुने अविनाश बोहरा पछि दोश्रो नेपाली क्रिकेटर बन्न पुगे।

“राम्रो महसुस भैरहेको छ। धेरै पछि हामीले होम सिरिजमा ट्रफी जितेका छौँ।”

“यसैको लागि पहिले देखि हाम्रो योजना थियो। पहिलो अन्तर्राष्ट्रिय सिरिज हो यो लकडाउन पछि, अब क्वालिफायर पनि आउदैछ। राम्रो सुरुवात भएको छ खुसि लागेको छ।”

कुशलले टि-२० अन्तर्राष्ट्रियमा डेब्यु भएता पनि यस अघि पनि नेपाली टिमको लागि खेलीसकेकोले डेब्यु जस्तो महसुस नभएको बताए।

“पहिले पनि खेलीसकेको थिएँ ( नेपालको लागि ) । सागमा पनि थिए टिममा। डेब्यु जस्तो केहि पनि थिएन , म आफ्नो खेल खेल्न चाहन्थे।”

२०१२ एसीसी अन्डर-१६ इलाइट कपमा नेपाली अन्डर-१६ रास्ट्रिय टिमको प्रतिनिधित्व गरेका भुर्तेलले त्यसपछि २०१६ मा बंगलादेशमा आयोजित अन्डर-१९ विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका थिए। २०१९ नोभेम्बरमा बंग्ल्देशमा आयोजित एसीसी इमर्जिंग टिम्स कप ( अन्डर-२३ ) प्रतियोगितामा कुशलले नेपालको प्रतिनिधित्व गरेका थिए। त्यसपछि नेपालमा २०१९ डिसेम्बरमा आयोजित साग क्रिकेटमा टिममा रहेता पनि अन्तिम-११ मा भने कुशलले मौका पाएका थिएनन्।

प्रतियोगितामा आफु माथि विश्वास गरेकोमा भुर्तेलले प्रशिक्षक र कप्तानलाई धन्यवाद दिए।

“धन्यवाद, मेरो कोच , कप्तान जसले मलाई विश्वास गर्नु भयो”

फाइनलमा नेदरल्याण्डले आफु बिरुद्ध योजना बनाएता पनि आफुले राम्रो सुरुवात दिने जिम्मेवारी पुरा गरेको उनले बताए –

“योजना त सबैको लागि बनाए होलान् तिनीहरुले। मेरो काम त्यही थियो कि टिमलाई सुरुवात राम्रो दिने। पछि हाम्रो टिममा फिनिसरहरु थिए थाहा थियो। उनीहरुले राम्रो फिनिस गरे , २३८ रन बनाउन सक्यौं।”

प्रतियोगिता अघि पारस खड्का घाइते हुँदा कुशलले नेपालको लागि ओपनिंग गर्ने मौका पाएका थिए। पारस खड्का र ज्ञानेन्द्र मल्लले टि-२० मा नेपालको पछिल्लो पटक ओपनिंग गरेका थिए। पारस नहुँदा कुशलले ओपनिंग गरेका थिए भने ज्ञानेन्द्र मल्ल तेश्रो नम्बरमा ब्याटिंग गर्दै आसिफ शेखलाई भुर्तेलको ओपनिंग जोडी बन्न दिएका थिए।

कुशलले सिरिजको ५ खेलमा दायाँ हाते ओपनिंग ब्याट्सम्यान कुशलले ६९.५ को औशतले ४ अर्धशतक प्रहार गर्दै २७८ रन बनाए। सिरिजमा उनले २४ चौका र १६ छक्का प्रहार गरे भने उनको स्ट्राइक रेट १४०.४० रह्यो।

यो पनि पढ्नुस 

https://wicketnepal.com/kushal-pos-6-thula-kirtiman-wn21/

https://wicketnepal.com/champ-nepal-team-icc-cover-pic/

https://wicketnepal.com/nep-vs-ned-final-news-wn21-tri/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy