“म आफ्नो खेल खेल्न चाहन्थे” कुशल भुर्तेल

त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गर्दै प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका कुशल भुर्तेलले देशमा लामो समय पछि विजेता ट्रफी भित्र्याउन पाउदा खुसि व्यक्त गरेका छन्। कुशल डेब्यु अन्तर्राष्ट्रिय सिरिजमा प्लेयर अफ द सिरिज हुने अविनाश बोहरा पछि दोश्रो नेपाली क्रिकेटर बन्न पुगे।

“राम्रो महसुस भैरहेको छ। धेरै पछि हामीले होम सिरिजमा ट्रफी जितेका छौँ।”

“यसैको लागि पहिले देखि हाम्रो योजना थियो। पहिलो अन्तर्राष्ट्रिय सिरिज हो यो लकडाउन पछि, अब क्वालिफायर पनि आउदैछ। राम्रो सुरुवात भएको छ खुसि लागेको छ।”

कुशलले टि-२० अन्तर्राष्ट्रियमा डेब्यु भएता पनि यस अघि पनि नेपाली टिमको लागि खेलीसकेकोले डेब्यु जस्तो महसुस नभएको बताए।

“पहिले पनि खेलीसकेको थिएँ ( नेपालको लागि ) । सागमा पनि थिए टिममा। डेब्यु जस्तो केहि पनि थिएन , म आफ्नो खेल खेल्न चाहन्थे।”

२०१२ एसीसी अन्डर-१६ इलाइट कपमा नेपाली अन्डर-१६ रास्ट्रिय टिमको प्रतिनिधित्व गरेका भुर्तेलले त्यसपछि २०१६ मा बंगलादेशमा आयोजित अन्डर-१९ विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका थिए। २०१९ नोभेम्बरमा बंग्ल्देशमा आयोजित एसीसी इमर्जिंग टिम्स कप ( अन्डर-२३ ) प्रतियोगितामा कुशलले नेपालको प्रतिनिधित्व गरेका थिए। त्यसपछि नेपालमा २०१९ डिसेम्बरमा आयोजित साग क्रिकेटमा टिममा रहेता पनि अन्तिम-११ मा भने कुशलले मौका पाएका थिएनन्।

प्रतियोगितामा आफु माथि विश्वास गरेकोमा भुर्तेलले प्रशिक्षक र कप्तानलाई धन्यवाद दिए।

“धन्यवाद, मेरो कोच , कप्तान जसले मलाई विश्वास गर्नु भयो”

फाइनलमा नेदरल्याण्डले आफु बिरुद्ध योजना बनाएता पनि आफुले राम्रो सुरुवात दिने जिम्मेवारी पुरा गरेको उनले बताए –

“योजना त सबैको लागि बनाए होलान् तिनीहरुले। मेरो काम त्यही थियो कि टिमलाई सुरुवात राम्रो दिने। पछि हाम्रो टिममा फिनिसरहरु थिए थाहा थियो। उनीहरुले राम्रो फिनिस गरे , २३८ रन बनाउन सक्यौं।”

प्रतियोगिता अघि पारस खड्का घाइते हुँदा कुशलले नेपालको लागि ओपनिंग गर्ने मौका पाएका थिए। पारस खड्का र ज्ञानेन्द्र मल्लले टि-२० मा नेपालको पछिल्लो पटक ओपनिंग गरेका थिए। पारस नहुँदा कुशलले ओपनिंग गरेका थिए भने ज्ञानेन्द्र मल्ल तेश्रो नम्बरमा ब्याटिंग गर्दै आसिफ शेखलाई भुर्तेलको ओपनिंग जोडी बन्न दिएका थिए।

कुशलले सिरिजको ५ खेलमा दायाँ हाते ओपनिंग ब्याट्सम्यान कुशलले ६९.५ को औशतले ४ अर्धशतक प्रहार गर्दै २७८ रन बनाए। सिरिजमा उनले २४ चौका र १६ छक्का प्रहार गरे भने उनको स्ट्राइक रेट १४०.४० रह्यो।

यो पनि पढ्नुस 

कुशल भुर्तेल प्रतियोगिताकै उत्कृस्ट खेलाडी , बनाए ६ ठुला किर्तिमान

च्याम्पियन नेपाली टिम आईसीसीको कभरमा

इतिहासकै विशाल जित दर्ता गर्दै नेपालले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]