IPL : पृथ्वीको अर्धशतक, दिल्लीद्वारा हैदरावादलाई १६० रनको लक्ष्य

२०७८ बैशाख १२, आईतवार २१:२९

१४ औं आईपीएल अन्तर्गत आइतबारको दोश्रो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गरिरहेका छन्। दिनको पहिलो खेलमा चेन्नाईले बैंगलोरलाई पराजित गर्यो। 

चेन्नाई स्थित एमए चिदम्बरम स्टेडियममा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५९ रन बनाउदै हैदरावादलाई १६० रनको लक्ष्य दिएको छ।

उत्कृस्ट सुरुवात दिलाउने क्रममा दिल्ली ओपनर पृथ्वी श र शिखर धवनले ८१ रनको साझेदारी गरे। २६ बलमा २८ रन बनाएका धवनलाइ एघारौं ओभरमा राशिद खानले बोल्ड गरे। अर्धशतक पुरा गरेपछि पृथ्वी बाह्रौ ओभरमा रन आउट हुन पुगे। त्यस अघि उनले ३९ बलमा ७ चौका र १ छक्का मद्दतले ५३ रन बनए।

तेश्रो विकेटको लागि कप्तान रिशभ पन्त र स्टिभ स्म्मिथले ६० रनको साझेदारी गरे। ३७ रन बनाएका पन्तलाई सिद्धार्थ कौलले १९ औं ओभरमा क्याच आउट गराए। सोहि ओभरमा १ रन बनाएका शिमरन हेटमायरलाई कौलले क्याच आउट गराए।

स्टिभ स्मिथले अविजित ३४ रन बनाउदै टिमको योगफल १५० पार गराए। २५ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे।

हैदरावादको बलिंगमा सिद्धार्थ कौलले २ विकेट ( ४-०-३१-२० ) तथा राशिद खान ( ४-०-३१-१ ) ले १ विकेट लिए।

लिग अंकतालिकामा दिल्ली ६ अंक सहित तेश्रो स्थानमा रहेको छ जसले ४ खेलमा ३ जित र १ हार बेहोरेको छ। २ अंकको साथ हैदरावाद सातौँ स्थानमा छ जसले ४ खेलमा १ जित र ३ हार बेहोरेको छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/jadeja-rec-chennai-win-over-rcb-wn21-m1/

https://wicketnepal.com/pak-series-2-1-win-vs-zim-wn21/

https://wicketnepal.com/icc-ranking-nepal-wn21-new-425/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy