आईपीएल १४ अन्तर्गत आइतबार रोयल च्यालेन्जर्स बिरुद्ध चेन्नाई अलराउण्डर रभीन्द्र जडेजा वान-म्यान आर्मीको रुपमा उभिएपछि टिमले सहज जित दर्ता गर्यो।
जडेजाले खेलमा ब्याटिंग मार्फत २८ बलमा ४ चौका र ५ छक्का मद्दतले अविजित ६२ रन बनाए भने बलिंगतर्फ ४ ओभरमा १ मेडन ओभर गर्दै १३ रन खर्चेर ३ विकेट पनि लिए। यस्तै जडेजाले एउटा रन आउट समेत गरे। जडेजाको सोहि उत्कृस्ट प्रदर्शनको कारण चेन्नाईले पहिलो इनिंग्समा १९१ रन बनाउन सक्यो भने दोश्रो इनिंग्समा बिराट कोहली कप्तानीको बैंगलोरले लिगमा पहिलो हार बेहोर्ने क्रममा १२२ रन मात्र बनाउन सक्यो। जित पछि चेन्नाई अंकतालिकाको शिर्षस्थानमा समेत उक्लियो।
बैंगलोर बिरुद्ध एक्लै हावी भएका जडेजाले खेल पछि कुराकानी गर्ने क्रममा यो भन्दा राम्रो दिन अरु हुन नसक्ने बताए –
“अहँ मलाई लाग्दैन।” जडेजाले यो भन्दा राम्रो दिन अरु हुन सक्ला भन्ने प्रश्नमा बताए। “धेरै खुसि लागेको छ जब तपाई आफ्नो टिम लाई जित्नमा योगदान दिनु हुन्छ त्यसले धेरै महत्व राख्छ।”
“मैले आफ्नो फिटनेस, सिल र सबै कुरामा निकै मेहनत गरिरहेको छु, भाग्यवश आज त्यो काम आयो।”
“एउटा अलराउण्डर हुनु मुस्किल कुरा हो , तपाईले सबै डिपार्टमेन्टमा राम्रो गर्नुपर्छ। अभ्यास गर्दा म सबै कुरा एकै दिन ( ब्याटिंग, बलिंग, फिल्डिंग ) गर्दिन। एक दिनमा आफ्नो स्किलमा मेहनत गर्छु, अर्को दिन फिटनेसमा, त्यसरी म आफ्नो कामको भार कम गर्छु।”

जडेजाले खाता नखोल्दै ड्यान क्रिस्चियनले वासिंगटन सुन्दरको बलमा क्याच छोडेका थिए। त्यसको फल बैंगलोरले भोग्न पुग्यो। जडेजाले आईपीएल १४ का पर्पल क्याप होल्डर हर्षल पटेललाई टार्गेट गरे जसले अन्तिम ओभरमा बलिंग गर्नु अघि ३ ओभरमा १ विकेट लिंदा मात्र १४ रन खर्चेका थिए। अन्तिम ओभरमा जडेजाले पटेलको एकै ओभरमा ३७ रन हिर्काए जसले ५ छक्का, एउटा चौका र नो बल समेत सामेल थियो। आईपीएल इतिहासमै एकै ओभरमा ३७ रन आएको संयुक्तरुपमा सबैभन्दा धेरै हो।
जडेजाले अर्को किनारमा रहेका आफ्नो कप्तान महेन्द्र सिंह धोनीको सुझावले अन्तिम ओभरमा सट खेल्न आफुलाई मद्दत गरेको खुलासा गरे –
“म अन्तिम ओभरमा ठुलो सट खेल्न चाहीरहेको थिए। माहि भाई ( धोनी ) ले मलाई हर्षलले अफस्टम्प बाहिरको लाइनमा बलिंग गर्ने कुरा बताए जसपछि म त्यसको लागि तयार भए। भाग्यवश मैले सबै कनेक्ट गर्न सके जसले गर्दा हामी १९१ सम्म पुग्न सक्यौं। त्यो ओभर हाम्रो लागि निकै महत्वपूर्ण थियो। मलाई थाहा थियो म स्ट्राइकमा हुँदा मैले केहि रन बनाउनु पर्छ। आज मेरो दिन थिएन ( छुटेको क्याचलाइ इंगित गर्दै ) , तर मैले एउटा रन आउट गरे ( हाँस्दै ) , त्यसमा म खुसि छु।” जडेजाको क्याच छुटाएका क्रिस्चियनलाई जडेजाले रन आउट गरेका थिए।
खेल पछि कुराकानीमा चेन्नाई कप्तान धोनीले जडेजाको तारिफ गरे- “जडेजा त्यसको खेलाडी हुन् जसले खेल आफ्नो दममा परिवर्तन गर्न सक्छन्।”
“उनलाई अतिरिक्त बल खेल्ने मौका दिएका थियौं जसले गर्दा उनले आफुलाई अझ खुलाउन यो सकुन्।” धोनी भन्दा अघि जडेजालाई ब्याटिंगमा पठाएको बारे धोनीले बताए -“रणनीतिक रुपमा बलरहरुलाई देब्रे हाते ब्याट्सम्यानलाई स्लग गर्न थोरै मुस्किल पाउदै आएको छु। महत्वपूर्ण कुरा कसैले पाएको मौका सदुपयोग गर्नु ठुलो कुरा हो र उनले ( जडेजा ) ले अहिलेसम्म त्यो गर्दै आएका छन्।”
बैंगलोर कप्तान कोहलीले जडेजाले आफ्नो टिमलाई पराजित गरेको बताए – “एउटा केटाले हामीलाई पूर्णत पराजित गर्यो। आज उनको क्षमता सबैलाई देखाउनको लागि थियो। म उनले ब्याटिंग, बलिंग र फिल्डिंगमा गरेको प्रदर्शनबाट खुसि छु। २ महिना पछि उनि भारतको लागि खेलीरहेका हुनेछन् र तपाईको उत्कृस्ट अलराउण्डरले ब्याटबाट राम्रो गर्नु खुसिको कुरा हो। जब उनि आत्मविश्वासले खेल्ने गर्छन् उनले धेरै अवसर सिर्जना गर्ने गर्छन्।”
यो पनि पढ्नुस
https://wicketnepal.com/jadeja-rec-chennai-win-over-rcb-wn21-m1/
https://wicketnepal.com/ipl-m20-srh-vs-dc-report-wn21/
https://wicketnepal.com/kushal-pos-6-thula-kirtiman-wn21/
