IPL : दोश्रो जित दर्ता गर्दै कोलकाताको अंकतालिकामा फड्को

२०७८ बैशाख १३, सोमबार २३:२७

पन्जाब किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले आईपीएल १४ मा दोश्रो जित दर्ता गरेको छ। अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा पन्जाबले दिएको १२४ रनको लक्ष्य कोलकाताले १६.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा कोलकाताको सुरुवात अत्यन्त खराब रहेको थियो। ओपनर नितिश राना खाता नखोली पहिलो ओभरमा तथा शुबमन दिल ९ रन बनाएर दोश्रो ओभरमा आउट भए। तेश्रो ओभरमा सुनिल नारायण पनि खाता नखोली आउट भए।

१७/३ को अवस्थाबाट राहुल त्रिपाठी र ओएन मोर्गनले ६६ रनको साझेदारी गरे। ३२ बलमा ७ चौका मद्दतले ४१ रन बनाएर त्रिपाठी एघारौं ओभरमा दिपक हुडावाट क्याच आउट भए। कोलकाताको जित सहज देखिएको बेला १० रन बनाएका आन्द्रे रसेल १५ औं ओभरमा रन आउट हुन पुगे। त्यसपछि मोर्गनले दिनेश कार्तिकसंग मिलेर टिमलाई जितसम्म पुर्याए।

ओएन मोर्गनले अविजित ४७ रन बनाए जुन क्रममा ४० बलमा ४ चौका र २ छक्का प्रहार गरे। दिनेस कार्तिकले अविजित १२ रन बनए।

पन्जाबको बलिंगमा अर्शदिप सिंह ( २.४-०-२७-१ ), मोईसेस हेनरिक्स ( १-०-५-१ ) , मोहम्मद शामी ( ४-०-२५-१ ) , दिपक हुडा ( ३०-२०-१ ) ले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १२३ रन बनाएको थियो।

पन्जाबको लागि ओपनर मायाँक अग्रवालले सर्वाधिक ३१ रन ( ३४ बलमा १ चौका र २ छक्का ) तथा क्रिस जोर्डनले ३० रन ( १८ बलमा १ चौका र ३ छक्का ) बनाए। कप्तान केएल राहुल र निकोलस पुरनले समान १९ रन तथा शाहरुख खानले १३ रन बनाए।

अग्रवाल र राहुलले पहिलो विकेटको लागि गरेको ३६ रनको साझेदारी पन्जाबको इनिंग्समा सर्वाधिक साझेदारी बन्न पुग्यो। छैठौ ओभरमा राहुलको विकेटपछि कुनै पनि बेला पन्जाबको विकेट जाने क्रम रोकिएन। इनिंग्सको अन्तिममा क्रिस जोर्डनले आक्रामक ब्याटिंग गर्दा पन्जाबलाई सम्मानजनक योगफलतर्फ डोर्याए। जोर्डन अन्तिम ओभरमा आउट भए।

कोलकाताको बलिंगमा प्रसिध कृष्णाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए। सर्वाधिक प्याट कमिन्स ( ३-०-३१-२ ) ,सुनिल नारायण ( ४-०-२२-२ ) ले समान २ विकेट लिए। शिभम माघी ( ४-०-१३-१ ) र वरुण चक्रवर्ती ( ४-०-२४-१ ) ले समान १ विकेट लिए।

अंकतालिका 

जित पछि कोलकाता अंकतालिकामा पुछारबाट फड्को मार्दै पाँचौ स्थानमा पुगेको छ। कोलकाताको ६ खेलमा २ जित र ४ हार पछि ४ अंक पुगेको छ। समान खेलमा समान जित र हार बेहोरेको पन्जाब भने नेट रन रेटमा पछि पर्दै छैठौं स्थानमा झरेको छ। समान अंक रहेको मुम्बई चौथो र राजस्थान सातौँ स्थानमा रहेको छ।

लिग अन्तर्गत मंगलबार दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन्। कोलकाताले आगामी खेल बिहिबार दिल्लीसंग खेल्नेछ भने पन्जाबले शुक्रबार बैंगलोर बिरुद्ध खेल्नेछ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/super-over-ma-bairstow-rojai-ma-wn21/

https://wicketnepal.com/rcb-2-cricketer-farkane-aus-wn21/

https://wicketnepal.com/dhoni-ko-sujhaw-jasle-jadeja-37/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy