१४ औं आईपीएल अन्तर्गत २४ औं खेलमा मुम्बई इन्डीयन्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्।
अरुण जेटली स्टेडियम, दिल्लीमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको राजस्थान राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १७१ रन बनाउदै मुम्बईलाई १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
राजस्थानको सुरुवात राम्रो रह्यो। ओपनर जोस बटलर र यसश्वी जैसवालले ६६ रनको साझेदारी गरे। बटलर ३२ बलमा ३ चौका र ३ छक्का मद्दतले ४१ रन तथा जैसवाल २० बलमा २ छक्का र २ चौका मद्दतले ३२ रन बनाएर आठौँ र दशौँ ओभरमा लेग स्पिनर राहुल चाहरबाट आउट भए।

तेश्रो विकेटको लागि कप्तान सन्जु स्यामसन र शिभम दुबेले अर्धशतकीय साझेदारी गरे। ५७ रनको साझेदारी १८ औं ओभरमा ट्रेन्ट बोल्टले स्यामसनलाई बोल्ड गर्दा तोडे। त्यस अघि स्यामसनले २७ बलमा ५ चौका मद्दतले ४२ रन बनाए। १९ औं ओभरमा बुम्राहले ३५ रन बनाएका दुबेलाई आफैद्वारा क्याच आउट गर्दै पेभेलियन फर्काए।
१७ औं र १८ औं ओभर बलिंग गरेका जस्प्रित बुम्राहले क्रमशः ५ र ४ रन दिंदै राजस्थानलाई ठुलो योगफल बनाउन रोके।
रियान परागले अविजित ८ तथा डेभिड मिलरले अविजित ७ रन बनाए।
मुम्बईको बलिंगमा लेग स्पिनर राहुल चाहरले २ विकेट ( ४-०-३३-२ ) , ट्रेन्ट बोल्टले १ विकेट ( ४-०-३७-१ ) लिए। जस्प्रित बुम्राहले १ विकेट लिने क्रममा ४ ओभरमा मात्र १५ रन खर्चिए।
लिग अंकतालिकामा मुम्बई र राजस्थानले समान ५ खेल खेल्दा २ जित र २ हार बेहोरेको छ। समान ४ अंक भएता पनि नेट रन रेटमा अघि रहँदै मुम्बई चौथो स्थानमा छ भने राजस्थान सातौँ स्थानमा रहेको छ।
धेरैले पढेको
https://wicketnepal.com/nepal-t20i-ranking-wn21-428/
https://wicketnepal.com/ipl-m-23-srh-vs-csk-wn21-rep/
https://wicketnepal.com/sehwag-nehra-pant-captaincy-wn21/
