देब्रे हाते स्पिनर हरप्रित ब्रारले आईपीएल २०२१ मा आफ्नो पहिलो खेललाई याददार बनाए। सिजनको पहिलो खेल खेल्ने क्रममा २५ वर्षीय खेलाडीले बैंगलोर कप्तान बिराट कोहली, ग्लेन म्याक्सवेल र एबि डी भिल्लीयर्सलाई पेभेलियन फर्काउदै पन्जाबलाई अत्यावश्यक जितमा प्रमुख योगदान दिए।
खेलमा हरप्रितले ३/१९ को उत्कृस्ट स्पेल दर्ता गरे र प्लेयर अफ द म्याच समेत चुनिन पुगे। फलस्वरुप पन्जाब ३४ रनको जित दर्ता गर्दै महत्वपूर्ण २ अंकका साथ अंकतालिकाको पाँचौ स्थानमा उक्लियो।
हरप्रितले डी भिल्लीयर्सलाई रन बनाउन नियन्त्रण गर्ने योजना बनाएका थिए तर दक्षिण अफ्रिकी स्टार ब्याट्सम्यान उनको योजनामा फस्दै विकेट दिन पुगेका थिए।
कोहली, म्याक्सवेल र डी भिल्लीयर्सको एकै खेलमा विकेट लिनु सबैको सामर्थ्यको कुरा हैन तर पारम्परिक देब्रे हाते स्पिनरको लागि शुक्रबार रातिको दिन विशेष थियो। उनले कोहली र म्याक्सवेललाई अफस्टम्प बाहिर जाल बिछाउदै बोल्ड गरे भने डी भिल्लीयर्सलाई सर्ट कभरमा क्याच आउट गराए।
“डी भिल्लीयर्सको बिरुद्ध मेरो योजना अफस्टम्प भन्दा पर उनको हान्न सजिलो हुने ठाउँ भन्दा पर फाल्ने थियो किनकि बल थोरै रोकिएर गैरहेको थियो। त्यसैले मैले स्लिप ल्याएर कभर फिल्डरलाई थोरै माथि ल्याए। म डट बल फाल्न चाहन्थे तर विकेटनै प्राप्त गर्न सकें। म धन्य छु।” ब्रारले खेल पछि आफ्नो योजना बारे बताए।

बिराट कोहलीको विकेटको केसमा उनले रन नबनीरहेकोले हतास कोहलीले अघि बढेर आक्रमण गर्न लागेको थाहा पाउदा बलको लम्बाई छोटो बनाएको बताए।
“मेरो योजना सहि लम्बाईको बल फाल्ने थियो जसमा मलाई बाउन्ड्री प्रहार भएता पनि चिन्ता थिएन। यदी ब्याट्सम्यान अघि बढेर खेल्छ भने तपाईले पनि आफ्नो लम्बाई परिवर्तन गर्नुपर्छ।” ब्रारले बताए।
“म मात्र बिन्दास क्रिकेट खेल्न चाहन्थे। म धेरै दबाब नलिई आफ्नो प्राकृतिक खेल खेल्न चाहन्थे।”
आईपीएल २०१९ र २०२० मा पन्जाब टिममा रहेता पनि ब्रारले मात्र ३ खेलमा मौका पाएका थिए। सिजनको पहिलो खेलमै ब्रारले प्रभावशाली प्रदर्शन गर्दै बिपक्षी टिमको ३ ठूला खेलाडीलाई पेभेलियन फर्काए।
“त्यस्तो हैन कि मैले यस अघि दबाबमा खेलेको थिईन। खेलेको थिएँ, तर यदी तपाईले दबाबमा प्रदर्शन गर्न सक्नुहुन् भने तपाई माथि अझ दबाब बढ्ने गर्छ। मैले मौका पाउदा त्यो कुरा मेरो दिमागमा थियियो कि म आफ्नो टिमलाई जित दिलाउन प्रयास गर्नेछु।” उनले बताए।
खेलपछि बैंगलोर कप्तानले युवा स्पिनरलाई बधाई दिएका थिए।
यो पनि पढ्नुस
https://wicketnepal.com/harpreet-baar-stry-wn21/
https://wicketnepal.com/susta-suruwat-harko-karan-rcb-wn21/
https://wicketnepal.com/karan-kc-4-world-record-wn21/
https://wicketnepal.com/ekai-over-ma-6-fours-pit-tips-wn21/
