IPL : पन्जाबलाई झट्का, एपेन्डीसाईटिस हुँदा कप्तान केएल राहुल अस्पताल भर्ना

२०७८ बैशाख १९, आईतवार १९:०५

इन्डीयन प्रिमियर लिगको १४ औं सिजन जारि रहंदा टिम पन्जाब किंग्सलाई ठूलो झट्का लागेको छ। टिमका कप्तान केएल राहुल यो सिजन आईपीएलको बाँकी खेल खेल्ने सम्भावना अनिश्चित भएको छ।

दिल्ली क्यापिटल्स बिरुद्ध आज जारि सिजन आठौँ खेल खेल्न लागेको पन्जाब कप्तान राहुल बिना मैदान उत्रनेछ।

पन्जाब किंग्सले आइतबार बेलुका सामाजिक संजालमार्फत केएल राहुलको शनिवार राति देखि पेट निकै दुखेको थियो। औषधिले पनि काम नगरे पछि उनको टेस्ट गराउदा राहुललाई एपेन्डीसाईटिस भएको थाहा भएको थियो। राहुलको अब अपरेसन हुनेछ जसकारण उनले जारि सिजन बाँकी खेल खेल्ने अनिश्चित भएको हो। आजै राहुलको अपरेसन हुनेछ।

जारी सिजन आईपीएलमा राहुल सर्वाधिक रनकर्ता हुन् जसले ७ खेलमा ६६.२० को औशतले ३३१ रन बनाइसकेका छन्।

पन्जाबले रोयल च्यालेन्जर्स बिरुद्ध खेल खेल्दा राहुल केहि समय मैदान बाहिर हुँदा क्रिस गेलले उनको स्थानमा कप्तानि सम्हालेका थिए। पन्जाब टिम व्यवस्थापनले राहुलको प्रतिस्थापनमा को कप्तान हुने खुलाएको छैन। तर मायाँक अग्रवालले टिमको कप्तानी सम्हाल्ने सम्भावना बढी रहेको छ। तर अग्रवाल पनि घाइते भएको हुँदा दिल्ली बिरुद्ध खेल्ने सम्भावना कम रहेको छ।

राहुल नहुँदा टिमको ओपनिंग ब्याटिंगमा क्रिस गेल आउने सम्भावना रहेको छ। खेलमा इंगलिस ब्याट्सम्यान दविड मलानले पन्जाबको लागि डेब्यु गर्ने सम्भावना रहेको छ।

पन्जाब लिग अंकतालिकामा हाल पाँचौ स्थानमा रहेको छ। उसले ७ खेलमा ३ जित र ४ हार बेहोरा ६ अंक बटुलेको छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/ipl-m28-srh-vs-rr-1st-in-wn21/

https://wicketnepal.com/harpreet-baar-stry-wn21/

https://wicketnepal.com/jamieson-denied-to-bowl-kohli-in-rcb-nets/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy