कप्तान केएल राहुल एपेन्डीसाईटिस भएका कारण अस्पताल भर्ना हुँदा आईपीएल टिम पन्जाब किंग्सको कप्तान मायाँक अग्रवालले गर्ने भएका छन्। राहुलको अपरेसन आजै हुँदैछ जसले लिगमा आगामी खेल खेल्ने सम्भावना कम रहेको छ।
अग्रवाल यस अघि घाइते हुँदै खेल्न सकेका थिएनन् जो दिल्ली बिरुद्ध आज पुनरागमन गर्दैछन्।
खेलमा टस हारेर ब्याटिंग गर्न लागेको पन्जाबले टिममा दुई वटा परिवर्तन गरेको छ। राहुलको स्थानमा अग्रवाल तथा खराब लयमा रहेका निकोलस पुरनको स्थान दविड मलानले लिएका छन्। विश्व नम्बर-१ टि-२० अन्तर्राष्ट्रिय ब्याट्सम्यान मलानले आईपीएलमा पहिलो खेल खेल्न लागेका हुन्।
टसको क्रममा अग्रवालले केएल राहुललाई मिस गर्ने तर पनि टिमले राम्रो क्रिकेट खेल्ने बताए।
“पक्कै पनि हामि केएललाई मिस गर्नेछौँ। तर हामीले राम्रो क्रिकेट खेल्नुपर्नेछ। हामीले अन्तिम खेल जितेका थियौं त्यसैले टिमसंग आत्मविश्वास रहेको छ।” अग्रवालले बताए।
पन्जाबले केएल राहुलको स्थानमा ओपनिंगमा मायाँक अग्रवाल र प्रभसिमरन सिंहलाई पठाएको छ।
पन्जाबको अन्तिम ११ : Mayank Agarwal(c), Prabhsimran Singh(w), Chris Gayle, Dawid Malan, Deepak Hooda, Shahrukh Khan, Harpreet Brar, Chris Jordan, Riley Meredith, Ravi Bishnoi, Mohammed Shami
दिल्लीको अन्तिम ११ : Prithvi Shaw, Shikhar Dhawan, Steven Smith, Rishabh Pant(w/c), Marcus Stoinis, Shimron Hetmyer, Axar Patel, Lalit Yadav, Kagiso Rabada, Ishant Sharma, Avesh Khan
यो पनि पढ्नुस
https://wicketnepal.com/rr-vs-srh-m28-report-wn21/
https://wicketnepal.com/panjab-jhatka-kl-rahul-aspatal-wn21/
https://wicketnepal.com/karan-kc-4-world-record-wn21/
