आईपीएल अनिश्चितकालको लागि स्थगित

२०७८ बैशाख २१, मंगलवार १३:५९

बढ्दो कोभीड-१९ केसहरुका कारण भारतमा जारि इन्डीएन प्रिमीयर लिग ( आईपीएल ) को १४ औं संस्करण अनिश्चित समयको लागि स्थगित भएको छ।

मुम्बई इन्डीयन्स बिरुद्ध दिल्लीमा हुने सनराइजर्स हैदरावादको मंगलबारको खेल अघि हैदरावादका खेलाडीमा कोरोना संक्रमण देखिएपछि लिग स्थगित हुने भएको हो। हैदरावादका रिद्दिमान शाह तथा दिल्लीका अमित मिश्रालाई पनि कोरोना संक्रमण देखिएको हो।

भारतीय क्रिकेट बोर्डको बसीरहेको बैठकले प्रतियोगिता बारे अधिकारिक निर्णयहरु सार्वजनिक गर्नेछ। भारतीय बोर्डले जारि सिजनको आईपीएल सिमित मैदानमा आयोजना गरेको थियो तर बढ्दो कोरोना केसहरुको कारणले अब प्रतियोगिता सार्नुको बिकल्प आयोजकसंग नरहेको हो।

द हिन्दुका अनुसार आईपीएलका अध्यक्ष बृजेश पटेलले प्रतियोगिता स्थगित भएको बताईसकेका छन्।

“हामीले हालको लागि आईपीएल स्थगित गरेका छौँ। अब कहिले आयोजना हुनेछ भन्ने बारे पछि निर्णय हुनेछ। केहि बेरमा हामि अधिकारिक वक्तव्य जारि गर्ने छौँ।” पटेलले बताए।

सबैभन्दा पहिले वरुण चक्रवर्ती र सन्दिप वारियरलाई कोरोना संक्रमण देखिएको थियो

भारतीय मिडियाहरुका अनुसार यो निर्णय लिनु अघि बिसीसीआईले प्रतियोगिताको भविष्य बारे सम्बन्धित टिमहरुसंग पनि धारणा माग गरेको थियो। त्यस मध्ये केहि टिमले प्रतियोगिता पूर्णत स्थगित गर्नुपर्ने बताएका थिए।

यस अघि चेन्नाई सुपर किंग्सका बलिंग प्रशिक्षक लक्ष्मीपति बालाजीलाई पनि कोरोना देखिएपछि चेन्नाई र राजस्थान बीचको खेल सार्दै पुरा टिमलाई क्वारेन्टाइनमा राखिएको थियो। यस्तै रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राईडर्स बीचको अहमदावादमा मे ३ तारिख सोमबार हुने खेल पनि कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दिप वारियर कोरोना पोजेटिभ देखिएपछि सारिएको थियो।

आईपीएलमा हालसम्म ३० वटा खेलहरु खेलीसकिएका छन् भने ३० वटा खेल हुन बाँकी रहेको छ।लिग अंकतालिकामा दिल्ली १२ अंक सहित पहिलो स्थानमा रहेको छ। चेन्नाई, बैंगलोर, मुम्बई, राजस्थान, पन्जाब, कोलकाता रहैदरावाद दोश्रो देखि आठौँ स्थानसम्म रहेको छ।

कोरोनाका कारण बीचमै रोकिए आईपीएल दोश्रो क्रिकेट लिग बनेको छ। यस अघि कोरोनाकै कारण यसै वर्ष मार्चमा पाकिस्तान सुपर लिगको खेल पनि बीचमै रोकिएको थियो। लिगको बाँकी खेलहरु अब जुनमा खेलिनेछ।

धेरैले पढेको

https://wicketnepal.com/dale-steyn-about-warner-wn21/

https://wicketnepal.com/pbks-vs-dc-29th-m-rep-wn21/

https://wicketnepal.com/sunam-brisbane-p-l-chanot-wn21/

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy