“वर्तमान युगमा उनि नम्बर-१ ब्याट्सम्यान हुन्, उनि अद्भुत प्रदर्शन गरिरहेका छन्।” युसुफले बताए कोहली र आजममा को नम्बर-१

२०७८ बैशाख ३१, शुक्रबार १८:१९

वर्तमान विश्व क्रिकेटका दुई ठूला ब्याट्सम्यान भारतका बिराट कोहली र पाकिस्तानका बाबर आजम बीच को महान् भन्ने बहस क्रिकेट फ्यानहरु बीच चल्नु नौलो कुरा हैन। दुई ब्याट्सम्यानले आफ्नो प्रदर्शनकै बलमा आफुलाई महानताको सिडी चढाईरहेका छन्। सन् १९९० देखि २००० को दशकमा पाकिस्तानी क्रिकेट टिमको ब्याटिंगको खम्बा रहेका मोहम्मद युसुफले बिराट कोहलीलाई नम्बर-१ ब्याट्सम्यान बताएका छन्।

“उनले अभ्यास गरेको मैले प्रत्यक्ष त देखेको छैन तर ट्विटर र अन्य ठाउँमा केहि अभ्यासको भिडियोहरु हेरेको छु। वर्तमान युगमा कसैले आधुनिक क्रिकेट के हो भनेर सोध्छ भने म भन्छु कि यो अभ्यासमा निहित छ। अहिलेका क्रिकेटरहरु फिट र फास्ट छन् जस्तो कि बिराट कोहली, त्यसैको बलमा उनि अद्भुत प्रदर्शन गरिरहेका छन्।” पाकिस्तानको लागि टेस्टमा ७,५३० रन तथा एकदिवसीयमा ९७२० रन बनाएका युसुफले युट्युब शो ‘क्रीकास्ट’ मा बताएका छन्।

“उनिसंग सबै फर्म्याट गरेर ७० वटा शतक रहेको छ भने एकदिवसीयमा १२ हजार र टेस्टमा समेत १० हजार नजिक पुगीसकेका छन्। टि-२० मा समेत उनको प्रदर्शन उत्कृस्ट छ। उनको सबै फर्म्याटमा प्रदर्शन उच्चस्तरीय छ। आजको युगमा उनि नम्बर-१ ब्याट्सम्यान हुन्। मैले पहिले नै भनिसकेको छु कि अहिलेको र पुरानो क्रिकेटर बीच तुलना हुन सक्दैन। त्यसको बाबजुद उनको प्रदर्शन अपत्यारिलो छ।”

अर्कोतर्फ युसुफले पाकिस्तान कप्तान बाबर आजमले आफ्नो प्रतिभा र मेहनतले गर्दा सफलता प्राप्त गरेको बताए। उनका अनुसार बाबर आजमबाट पाकिस्तानी युवाहरुले उदाहरण लिएर मेहनत गर्नु पर्छ।

“बाबरले आफ्नो प्रतिभामा धेरै मेहनत गरेका छन्। उनले अभ्यासमा निकै कठिन ड्रिलहरु गर्ने गर्छन्। म बारम्बार युवा खेलाडीहरुलाई भन्नेगर्छु कि जति तपाईले अभ्यासमा जोड दिनु हुन्छ त्यति तपाईलाई म्याच खेल्न सहयोग हुन्छ। बाबरले निरन्तर रुपमा त्यही गरेका छन् र हेर्नुस उनि एकदिवसीयमा नम्बर १ छन्, टि-२० मा नम्बर-३ र टेस्टमा नम्बर-१० ब्याट्सम्यान हुन्। यो निकै ठूलो उपलब्धि हो कि कुनै खेलाडी आईसीसीको सबै फर्म्याटमा उत्कृस्ट १० भित्र छ।” युसुफले बताए।

अन्तर्वार्तामा युसुफले वर्तमान क्रिकेटमा भन्दा आफ्नो समयमा बलरहरुको स्तर तुलनात्मक रुपमा स्तरीय भएको बताउदै अहिले रन बनाउन ब्याट्सम्यानहरुलाई बढी सहज भएको समेत बताए। यस्तै उनले टेस्ट क्रिकेटमा स्टिभ स्मिथ हेर्दा कलात्मक नलागे पनि उनको प्रदर्शन अचम्मित पार्ने खालको रहेको बताएका छन्।

भारतीय कप्तान कोहलीले एकदिवसीय अन्तर्राष्ट्रियमा ४३ शतक र ६२ अर्धशतक मद्दतले १२ हजार १ सय ६ रन, ९१ टेस्टमा २७ शतक र २५ अर्धशतक मद्दतले ७ हजार ४ सय ९० रन तथा ९० टि-ट्वान्टीमा २८ अर्धशतक मद्दतले ३ हजार १ सय ५९ रन बनाएका छन्। ३२ वर्षय कोहली टेस्ट वरियतामा पाँचौ, एकदिवसीय वरियतामा दोश्रो र टि-२० वरियतामा पाँचौ स्थानमा रहेका छन्।

अर्कोतर्फ पाकिस्तान कप्तान आजमले ८० एकदिवसीयमा १३ शतक र १७ अर्धशतक मद्दतले ३ हजार ८ सय ८ रन, ३३ टेस्टमा ५ शतक र १६ अर्धशतक मद्दतले २ हजार १ सय ६९ रन तथा ५४ टि-२० मा १ शतक र १८ अर्धशतक मद्दतले २ हजार ३५ रन बनाएका छन्। २६ वर्षीय आजम टेस्ट वरियतामा १० औं, एकदिवसीय वरियतामा पहिलो तथा टि-२० वरियतामा तेश्रो स्थानमा रहेका छन्।

धेरैले पढेको 

https://wicketnepal.com/t20-world-cup-team-sankhya-icc-wn2/

https://wicketnepal.com/kushal-icc-pom-chuniye-wnw1/

https://wicketnepal.com/ind-team-for-wtc-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy