भारतीय क्रिकेट लेजेण्ड सचिन तेन्दुलकरले आफ्नो २४ वर्षीय क्रिकेट करियरको ठूलो हिस्सा एन्जाइटिसंग ( भय, त्रास, अत्यासको अवस्था ) जुझेको बताएका छन्। तेन्दुलकरले वर्तमानमा खेलाडीहरु बायो बबलको हिस्सा हुँदा भोग्नुपरेको मानसिक स्वास्थ्यको अवस्थाबारे एक अन्तर्क्रिया कार्यक्रममा बोल्ने क्रममा उक्त कुरा खुलाएका हुन्।
“खेलको लागि तपाई शारीरिक रुपमा मात्रै हैन मानसिक रुपमा समेत तयार हुनु जरुरिछ भने कुरा मैले समयसंगै बुझेको थिएँ। खेल मैदानमा छिर्नु भन्दा अघि मेरो दिमागमा खेल सुरु भैसकेको हुन्थ्यो जुन क्रममा एन्जाइटिको अवस्था चरममा हुन्थ्यो।”
“मैले करियरको १०-१२ वर्ष एन्जाइटि महसुस गरे। खेल हुनु अघि मैले कैयौं रात नसुती बिताएको छु। तर पछि मैले स्वीकार गरे कि यो पनि मेरो तयारीकै एउटा हिस्सा हो। त्यसपछि मैले समय संगै निन्द्रा नलाग्दा आफ्नो दिमागलाई सहज राख्नको लागि केहि गर्न सुरु गर्छु सोचें।”
“त्यो केहि कुराहरुमा खेल हुनु अघि स्याडो ब्याटिंग , भिडियो गेम, टिभी हेर्नु जस्ता कुराहरु थिए। अझ बिहान चिया बनाउनुले समेत मलाई खेलको लागि तयारी गर्न सघायो।”
“चिया बनाउनु, लुगामा आइरन गर्नुले पनि मलाई खेलको तयारी गर्न मद्दत गर्यो। खेल हुनु अघिल्लो दिन म आफ्नो ब्याग प्याक गर्थे जुन कुरा मलाई मेरो दाईले सिकाउनु भएको थियो जुन पछि मेरो बानिनै बन्यो। मैले सोहि कुरानै भारतको लागि अन्तिम खेल खेल्दा समेत दोहोर्याएको थिएँ।” २०१३ मा दुई सयौं टेस्ट खेल्दै सन्यास लिएका ४८ वर्षीय ब्याट्सम्यानल बताए।

तेन्दुलकरले खेलाडीको जीवनमा तल माथि समय आउनु सामान्य कुरा भएको तर खेलाडीले आफ्नो उक्त अवस्थालाई स्वीकार गर्नुपर्ने बताए –
“जब तपाई घाइते हुनुहुन्छ, फिजियो र डाक्टरले तपाईलाई जांच गर्छ र तपाईलाई के भएको हो पत्ता लगाउछ। मानसिक स्वास्थ्य पनि त्यस्तै हो। तल र माथि हुनु सामान्य कुरा हो जति बेला तपाईलाई वरपर मानिसहरुको साथ आवस्यक हुन्छ।”
तेन्दुलकरले त्यसको अवस्थामा तनाव भन्दा परिस्थितिलाई स्वीकार गर्नु पर्नेमा जोड दिए –
“स्वीकार यो अवस्थामा सबैभन्दा ठूलो कुरा हो। खेलाडीको लागि मात्रै हैन उनको वरपरको मानिसहरुको लागि समेत। जब तपाईले स्वीकार गर्नु हुन्छ तब बल्ल तपाईं समाधान तिर लाग्नुहुन्छ।”
तेन्दुलकरले कुनै पनि व्यक्तिबाट सिक्न सकिने बताउदै चेन्नाईमा एक होटल स्टाफको उदाहरण दिए –
“उक्त व्यक्तिले मलाई कोठामा डोसा लिएर आएको थियो, टेबलमा डोसा राखे पछि उनले मलाई एउटा सुझाव दिए। उनले मेरो एल्बो गार्ड ( कुहिनोमा लगाइने ) ले मेरो ब्याट स्विंगलाई रोकिराखेको कुरा बताए, जुन वास्तवमै समस्या थियो। उनले उक्त समस्या समाधान गर्न मलाई मद्दत गरे।”
यो पनि पढ्नुस
https://wicketnepal.com/t20-world-cup-team-sankhya-icc-wn2/
https://wicketnepal.com/%e0%a4%b8%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a5%a7%e0%a5%a6%e0%a5%a6-%e0%a4%b6%e0%a4%a4%e0%a4%95-%e0%a4%aa%e0%a5%81%e0%a4%97%e0%a5%8d%e0%a4%a8-%e0%a4%b0%e0%a5%8b%e0%a4%95/
https://wicketnepal.com/yousuf-le-batye-kohli-ajam-ko-no-1/
