इंग्ल्यान्ड फास्ट बलर जोफ्रा आर्चर न्युजिल्यान्ड बिरुद्ध जुन २ बाट सुरु हुने दुई टेस्टको सिरिजबाट बाहिर भएका छन्। कुइनोको चोट पछि आर्चरले काउन्टी च्याम्पियनसिपमा ससेक्सको लागि केन्ट बिरुद्ध पुनरागमन गरेका थिए। तर उक्त खेलको दौरान दायाँ कुइनोमा दुखाइ पुनः सुरु हुँदा उनले खेलको अन्तिम दुई दिन बलिंग गर्न सकेका थिएनन्।
“इंग्ल्यान्ड र ससेक्स सीमार जोफ्रा आर्चर न्युजिल्यान्ड बिरुद्ध आगामी महिना सुरु हुने टेस्ट सिरिजबाट बाहिर भएका छन्।” इंग्ल्यान्ड क्रिकेट बोर्डले बिज्ञप्ति जारि गर्दै बताएको छ।
“आर्चरले ससेक्सको लागि काउन्टी च्याम्पियनसिपमा पुनरागमन गर्ने क्रममा दोश्रो इनिंग्समा मात्र ५ ओभर बलिंग गरेका थिए। त्यसपछि उनलाई दायाँ कुइनोमा दुखाइले सताएको थियो जसपछि उनले खेलको अन्तिम २ दिन बलिंग गर्न सकेनन्।” बिज्ञप्तिमा थप बताईएको छ।
खेलको पहिलो इनिंग्समा आर्चरले २ विकेट ( १३-४-२९-२ ) तथा दोश्रो इनिंग्समा १ विकेट ( ५-०-१४-१ ) लिएका थिए।

अब आर्चर इंग्ल्यान्ड र ससेक्सको मेडिकल टिमको निगरानीमा बस्नेछन् जसपछि उनि पुनः कहिले मैदानमा फर्किनेछन् निर्धारण गर्नेछ।
यो वर्ष मार्चमा भारत बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दौरान चोट बोकेका आर्चरले त्यसपछि राजस्थान रोयल्सको लागि इन्डियन प्रिमियर लिग समेत गुमाएका थिए। २०२० आईपीएलमा आर्चर सबैभन्दा मुल्यवान खेलाडी घोषित भएका थिए। २६ वर्षीय आर्चरको कुइनोको चोट गत वर्ष जनवरीमा दक्षिण अफ्रीका भ्रमणबाट सुरु भएको थियो।
आर्चरको अनुपस्थित हुँदा तिब्र गति बलर मार्क वुड र ओली स्टोनले इंग्ल्यान्ड टिममा स्थान बनाउने सम्भावना रहेको छ। सिरिजमा आईपीएल खेलेर फर्किएका खेलाडीहरु जोस बटलर, जोनि बेयरस्टो, स्याम करन र मोइन अलिलाई आराम दिईने बताईएको छ। सिरिजबाट आईपीएलको दौरान औंला भाचिएपछि घाइते बेन स्टोक्स बाहिर भैसकेका छन्।
इंग्ल्यान्ड र न्युजिल्यान्ड बीच पहिलो टेस्ट जुन २ तारिखबाट लर्ड्स क्रिकेट मैदानमा सुरु हुनेछ जसपछि दोश्रो टेस्ट एजब्यास्टनमा जुन १० तारिखमा दोश्रो टेस्ट सुरु हुनेछ। त्यस अघि न्युजिल्यान्डले समरसेटसंग ४ दिवसीय अभ्यास खेल खेल्ने तालिका रहेको छ।
धेरैले पढेको
https://wicketnepal.com/sachin-anxiety-12-years-wn21/
https://wicketnepal.com/yousuf-le-batye-kohli-ajam-ko-no-1/
https://wicketnepal.com/ind-team-for-wtc-wn21/
