अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन बारे डीभिल्लीयर्सको अन्तिम निर्णय

२०७८ जेष्ठ ४, मंगलवार १९:१२

दक्षिण अफ्रिकी स्टार ब्याट्सम्यान ए बि डीभिल्लीयर्सले अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन बारे अड्कलबाजीहरुलाई गलत सावित गर्दै पुनः दक्षिण अफ्रिकी जर्सीमा नफर्किने निर्णय लिएका छन्। उनले आफ्नो सन्यास लिने निर्णयमा अडिग रहने बताएका हुन्। दक्षिण अफ्रीकाको वेस्टइन्डिज भ्रमणको लागि १९ सदस्यीय टिमको घोषणा गर्दा डीभिल्लीयर्सलाई समाबेश नगरिएसंगै उक्त कुरा पक्का भएको हो।

इण्डियन प्रिमियर लिगको दौरान यो डी भिल्लीयर्स भारतमा यो वर्ष अक्टोबर नोभेम्बरमा आयोजना हुने टि-ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकी टिमबाट खेल्न सक्ने कुरा चलेको थियो।

आईपीएलको दौरान दक्षिण अफ्रिकी प्रशिक्षक मार्क बाउचरसंग डी भिल्लीयर्सको सन्यास फिर्ता लिने कुराकानी भएको खबर बाहिर आएको थियो। डी भिल्ल्लीयर्सले उक्त कुरा स्वीकार गर्दै आईपीएल पछि बाउचरसंग कुरा गर्दै पुनरागमन बारे फैसला गर्ने बताएका थिए। उनले बाउचरसंग उनको कुराकानी भएको तर खेल्ने बारे भने तय नभएको बताएका थिए।

“ए बि डी भिल्लीयर्सले सन्यास बारे अन्तिम निर्णय लिएका छन्। ए बि डी भिल्लीयर्ससंग छलफल सकिएको छ जसमा ब्याट्सम्यानले आफ्नो निर्णय अन्तिम भएको बताएका हुन्।” क्रिकेट दक्षिण अफ्रीकाले ट्विट गर्दै बताएको छ।


आईपीएलमा शानदार लयमा देखिएका डीभिल्लीयर्स पुनः दक्षिण अफ्रिकी जर्सीमा मैदानमा फर्कने आशा उनका समर्थकहरुले गरेका थिए। लिगमा रोयल च्यालेन्जर्स बैंगलोरको प्रतिनिधित्व गर्ने क्रममा ३७ वर्षीय ब्याट्सम्यानले ७ खेलमा ५१.७५ को औशत र १६४.२८ को शानदार स्ट्राइक रेटले २०७ रन बनाएका थिए।

यस अघि २०१९ एकदिवसीय विश्वकप अघि समेत डी भिल्लीयर्स दक्षिण अफ्रीकाबाट खेल्न सक्ने चर्चा चलेको थियो। त्यसबेला डी भिल्लीयर्सले विश्वकप सुरु हुन थोरै समय बाँकी हुँदा खेल्ने इच्छा व्यक्त गरेता पनि दक्षिण अफ्रिकी टिम व्यवस्थापनले उनलाई समाबेश गर्न नसकिने बताएको थियो।

सन् २०१८ मा अचानक सन्यास घोषणा गरेका डीभिल्लीयर्सले त्यसपछि निरन्तर फ़्रेन्चाइज् क्रिकेट भने खेलीरहेका छन्।

डी भिल्लीयर्स दक्षिण अफ्रीकाको महानतम ब्याट्सम्यान मध्येका हुन् जो टेस्टमा दक्षिण अफ्रीकाको चौथो सर्वाधिक रनकर्ता हुन् भने एकदिवसीय र टि-ट्वान्टी अन्तर्राष्ट्रियमा दोश्रो सर्वाधिक रनकर्ता हुन्। उनि टि-ट्वान्टी क्रिकेटमा विश्वकै उत्कृस्ट खेलाडी मध्येका हुन् जसले आफ्नो ब्याटिंगमार्फत असम्भवलाई पनि सम्भव सावित गर्ने गरेका छन्।

यो पनि पढ्नुस 

https://wicketnepal.com/sandeep-sahayog-abhian-wn21/

https://wicketnepal.com/aus-team-wi-tour-ghosit-wn21/

https://wicketnepal.com/sachin-anxiety-12-years-wn21/

https://wicketnepal.com/karan-kc-4-world-record-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy