दोश्रो तथा अन्तिम एकदिवसीयमा घरेलु टोलि नेदरल्याण्डलाई ६ विकेटले पराजित गर्दै स्कटल्याण्डले नेदरल्याण्ड भ्रमण अन्तर्गत दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज १-१ को बराबरीमा समाप्त गरेको छ। सिरिज अन्तर्गत पहिलो खेल घरेलु टोलि नेदरल्याण्डले १४ रनले जितेको थियो।
रोटरड्याममा सम्पन्न खेलमा नेदरल्याण्डले दिएको १७२ रनको लक्ष्य स्कटल्याण्डले ४ विकेट गुमाएर ४२.१ ओभरमै भेटायो।
लक्ष्य पछ्याउने क्रममा ३४ रनमा स्कटल्याण्डले पहिलो ३ विकेट गुमाउन पुगेको थियो। त्यसपछि पाँचौ नम्बरमा ब्याटिंग गरेका जर्ज मुनसेले चौथो विकेटको लागि रिची बेरिंगटनसंग ३२ रनको तथा पाँचौ विकेटको लागि डाईलन बजसंग शानदार शतकीय साझेदारी गर्दै स्कटल्याण्डलाई जितसम्म पुर्याए।
जर्ज मुनसेले तेश्रो एकदिवसीय अर्धशतक तथा करियरकै उत्कृस्ट व्यक्तिगत स्कोर बनाउने क्रममा अविजित ७९ रन बनाए जुन क्रममा १०० बलमा ६ चौका र २ छक्का प्रहार गरे। डाईलन बजले अविजित ४० रन बनाउने क्रममा ४७ बलमा ५ चौका प्रहार गरे। बजको पनि यो एकदिवसी अन्तर्राष्ट्रियमा व्यक्तिगत सर्वाधिक स्कोर हो।
नेदरल्याण्डको बलिंगमा भिभीयन किंग्माले २ विकेट ( ८-०-२३-२ ) तथा पल भान मिकीरन र फिलिपे बोसेभेनले समान १/१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको नेदरल्याण्डले ४८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७१ रन बनाएको थियो।

नेदरल्याण्डको लागि विकेटकिपर ब्याट्सम्यान स्कट एड्वार्ड्सले सर्वाधिक ५६ रन बनाए जुन क्रममा ६७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै ओपनर स्टेफेन माईबर्गले ४० तथा कप्तान पिटर सिलारले २१ रन योगदान दिए।
ओपनर म्याक्स ओ डोड ८ रन तथा बेन कुपर खाता नखोली आठौँ ओभरमा आउट भए पछि तेश्रो विकेटको लागि माईबर्गले सिलारसंग ४० रनको साझेदारी गरेका थिए जुन खेलमा सर्वाधिक साझेदारी थियो। २६ औं ओभरमा सिलार आउट भएपछि अर्को किनारमा लगातार विकेट गुमेता पनि एड्वार्ड्सले ४९ औं ओभर सम्म ब्याटिंग गरे।
स्कटल्याण्डको बलिंगमा दायाँ हाते पेसर अलासडेयर इभान्सले ५ विकेट लिए जुन क्रमअ ९.४ ओभरमा २ मेडन ओभर गर्दै ४३ रन खर्चिए। एड्रियन निल, गाभिन मेन, ,माइकल लिस्क र रिची बेरिंगटनले समान १ विकेट लिए।
दुई देशले अन्तिम पटक २०११ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए।
धेरैले पढेको
https://wicketnepal.com/ned-vs-sc-1st-odi-rep-wn21/
https://wicketnepal.com/russel-hetmyer-include-prv-squad-wn21/
https://wicketnepal.com/t20-world-cup-team-sankhya-icc-wn2/
https://wicketnepal.com/sanyas-firta-ab-bare-d-villiers-wn21/
