अगस्ट-सेप्टेम्बरमा हुने भारत र इंग्ल्यान्ड बीचको पाँचवटा टेस्ट म्याचको सिरिजको खेल तालिकामा परिवर्तन गर्ने भारतीय क्रिकेट बोर्डको अनुरोध इंग्ल्यान्ड क्रिकेट बोर्डले अस्विकार गरेको छ। इंग्ल्यान्ड क्रिकेट बोर्डले पूर्वनिर्धारित तालिका अनुरुप सिरिज संचालन हुने बताएको छ।
इन्डियन प्रिमियर लिगको ( आईपीएल ) बाँकी खेलहरु खेलाउन भारतीय क्रिकेट बोर्ड खाली समय खोजिरहेको छ। त्यसको लागि भारतीय बोर्डले पाँच टेस्टको सिरिज अन्तर्गत पाँचौ टेस्टलाई सेप्टेम्बर दोश्रो साता देखि जुलाईको चौथो सातामा सार्न अनुरोध गरेको भारतीय र इंग्ल्यान्ड मिडियाहरुले दावी गरेको थियो।
भारतले न्युजिल्यान्डसंग १८ जुनमा वर्ल्ड टेस्ट च्याम्पियनसिप खेलेपछि इंग्ल्यान्डसंग ४ अगस्ट देखि १० सेप्टेम्बरसम्म पाँच वटा टेस्टको सिरिज खेल्ने तालिका रहेको छ।
सेप्टेम्बरमा आईपीएलको बाँकी खेलहरु खेलाउन खाली समय मिलाउन बिसीसीआई प्रयासरत रहेको छ। त्यसो भए अक्टोबर-नोभेम्बरमा आयोजना हुने टि-ट्वान्टी विश्वकप अघि आईपीएल आयोजना हुनसक्नेछ। भारतीय क्रिकेट बोर्डले भने यो बारे अधिकारिक रुपमा कुनै बयान दिएको छैन।

आईपीएल २०२१ कोभीड-१९ को केसहरु देखिएपछि अनिश्चितकालको लागि सरेको हो जसको मात्र ३० खेलहरु सकिएको छ भने ३१ वटा खेलहरु खेल्न बाँकी रहेको छ।
इंग्ल्यान्ड क्रिकेट बोर्डले भने भारतीय बोर्डले हालसम्म अधिकारिक रुपमा आफुसंग टेस्ट सिरिज खेल तालिका परिवर्तन गर्न प्रस्ताव नगरेको बताएको छ –
“हामी निरन्तर बिसीसीआईसंग विशेष गरि कोभिड-१९ को चुनौतीहरु बारे कुराकानी गरिरहेका छौँ तर पाँच टेस्ट म्याचको सिरिजको खेल तालिका परिवर्तन बारे कुनै पनि अधिकारिक प्रस्ताव आएको छैन।” इंग्ल्यान्ड क्रिकेट बोर्डका प्रवक्ताले बताएका छन्।
श्रोतका अनुसार भारतीय क्रिकेट बोर्ड आईपीएल सेप्टेम्बर दोश्रो साता देखि अधिकतम तिन सातामा बाँकी ३१ खेलहरु खेलाउन चाहन्छ।
सम्भवतः आईपीएलको बाँकी खेलहरु अब युएईमा आयोजना हुनेछ। युएई लगायत अन्य तिन वटा देशहरुले समेत आईपीएल आफ्नो देशमा आयोजना गर्ने प्रस्ताव राखेको बताईएको छ। गत सिजनको सफल आयोजना गरेको युएईले लिगको बाँकी खेल आयोजना गर्ने सम्भावना प्रवल रहेको छ। इंग्ल्यान्डमा आयोजना गर्दा खर्च धेरै हुने तथा मौसम पनि प्रतिकुल हुन सक्ने बताईएको छ। तर इंग्ल्यान्डमा आयोजना गर्दा दर्शकहरु भने मैदान प्रवेश गर्न पाउनेछन्।
धेरैले पढेको
https://wicketnepal.com/agust-28-cpl-t20-sandeep-anischit-wn21/
https://wicketnepal.com/net-vs-sco-2nd-odi-wn21/
https://wicketnepal.com/russel-hetmyer-include-prv-squad-wn21/
https://wicketnepal.com/aus-team-wi-tour-ghosit-wn21/
