करेबियन प्रिमियर लिग टि-ट्वान्टीको ( सिपिएल ) टिम जमैका तालावजले २०२१ सिजनको लागि गत सिजन टिममा रहेका ७ जना खेलाडीहरुलाई रिटेन गर्ने ( टिममै राख्ने ) निर्णय गरेको छ।
जमैकाले आन्द्रे रसेल, कार्लोस ब्राथवेट, रोभम्यान पावेल, चाडविक वाल्टन, फिडेल एड्वार्ड्स, भिरास्वामी परमुल र रायन पर्सौदलाई रिटेन गरेको छ।
कुन टिमले कसलाई गर्यो रिटेन
Trinbago Knight Riders: Kieron Pollard, Sunil Narine, DM Bravo, Colin Munro, Lendl Simmons, Sikandar Raza, Khary Pierre, Anderson Phillip, Dinesh Ramdin (traded from Patriots), Tion Webster, Akeal Hosein, Jayden Seales, Ali Khan
St Lucia Zouks: Andre Fletcher, Kesrick Williams, Rahkeem Cornwall, Roston Chase, Obed McCoy, Mark Deyal, Javelle Glenn
Jamaica Tallawahs: Andre Russell, Carlos Brathwaite, Rovman Powell, Fidel Edwards, Veerasammy Permaul, Ryan Persaud
Guyana Amazon Warriors: Nicholas Pooran, Shimron Hetmyer, Imran Tahir, Brandon King, Naveen-ul-Haq, Romario Shepherd, Chandrapaul Hemraj, Odean Smith, Anthony Bramble, Kevin Sinclair, Ashmead Nedd
Barbados Tridents: Jason Holder, Johnson Charles, Shai Hope, Kyle Mayers, Hayden Walsh Jr, Raymon Reifer, Justin Greaves, Nyeem Young, Joshua Bishop
St Kitts & Nevis Patriots: DJ Bravo (traded from TKR), Sherfane Rutherford (traded from Amazon Warriors), Evin Lewis, Fabian Allen, Sheldon Cottrell, Rayad Emrit, Jon-Russ Jaggesar, Joshua Da Silva, Dominic Drakes
सन्दिप भएनन् रिटेन
नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई जमैकाले रिलिज ( फुकुवा ) गर्ने निर्णय लिएको छ। सन्दिपसंगै अफगानिस्तान स्पिनर मुजिब उर् रहमान,पाकिस्तानका असिफ अलि, न्युजिल्यान्डका ग्लेन फिलिप्स र वेस्टइन्डिजका ओशेन थोमसलाई पनि टिमले रिलिज गरेको छ।
गत सिजन जमैका अंकतालिकाको चौथो स्थानमा रहँदै लिगको सेमीफाइनल प्रवेश गरेको थियो। सेमीफाइनलमा ट्रिनबागोसंग सहजै पराजित हुँदै जमैका बाहिरिएको थियो।
गत सिजन सन्दिपले जमैकाको प्रतिनिधित्व गर्दै ११ खेलमा १२ विकेट लिंदै प्रतियोगिताको संयुक्त रुपमा पाँचौ सर्वाधिक विकेटकर्ता रहेका थिए। लिगमा सन्दिपले निकै किफायती बलिंग गरेका थिए जुन क्रममा प्रतिओभर मात्र ५.२८ रन खर्चेका थिए।
सन्दिपले सिपिएल टि-२० को तिन वटै सिजन फरक टिमबाट खेलेका छन्। २०१८ मा पहिलो सिजन सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सबाट, दोश्रो सिजन २०१९ मा बार्बेडोस ट्राईडेन्टबाट तथा गत सिजन २०२० मा जमैका तालावाजको प्रतिनिधित्व सन्दिपले गरेका थिए।
गत सिजन सन्दिपलाई ड्राफ्ट मार्फत जमैकाले ९० हजार डलरमा टिममा भित्र्याएको थियो। सिपिएल टि-ट्वान्टीको निकट भविष्यमा हुने ड्राफ्टबाट फ़्रेन्चाइजहरुले टिम पुरा गर्नेछन्।
सन्दिप सिपिएल खेल्ने अनिश्चित
सिपिएल टि-ट्वान्टी अगस्ट २८ देखि सेप्टेम्बर १९ तारिखसम्म आयोजना हुनेछ जसमा सन्दिप खेल्न पुग्ने सम्भावना कम मानिएको छ।
सन्दिप लामिछाने पहिलो पटक इंग्ल्यान्डको घरेलु टि-ट्वान्टी प्रतियोगिता ‘भाईटालिटि ब्लास्ट’ तथा ‘द हन्ड्रेड’ लिगमा सहभागी हुँदैछन्। दुवै प्रतियोगिता पुरै खेलेको खण्डमा सन्दिप सिपिएल खेल्ने सम्भावना कम रहेको छ। ‘भाईटालिटि ब्लास्ट टि-२०’मा सन्दिप वर्सेस्टरशायर र्यापिडको लागि खेल्नेछन् भने ‘द हन्ड्रेड’ मा ओभल इन्भिन्सिबलबाट खेल्दैछन्।

भाईटालिटि ब्लास्ट जुन ९ तारिख देखि सुरु हुनेछ भने १८ जुलाईसम्म पहिलो चरणको खेल चल्नेछ। दोश्रो चरण अन्तर्गत ४ वटा क्वार्टरफाइनल खेल अगस्ट २४ देखि २७ तारिखसम्म तथा तेश्रो चरणको सेमीफाइनल र फाइनल खेलहरु सेप्टेम्बर १८ तारिखमा खेलिनेछ। त्यस बीचमा द हन्ड्रेड लिग जुलाई २२ तारिख देखि अगस्ट २१ तारिखसम्म संचालन हुनेछ।
अगस्ट २८ तारिख देखि सिपिएल टि-ट्वान्टी सुरु हुने हुँदा सन्दिप सिपिएल खेल्न इंग्ल्यान्डबाट ‘द हन्ड्रेड’ लिग सकिएलगत्तै वेस्टइन्डिज प्रस्थान गर्नुपर्नेछ। वेस्टइन्डिजमा क्वारेन्टाइन बसेपछि मात्र सन्दिप लिगमा सहभागी हुन पाउनेछन्। सेप्टेम्बर १८ तारिखमा भाईटालिटि ब्लास्ट टि-ट्वान्टीको सेमीफाइनल र फाइनल खेल हुँदा सन्दिपको टिम अन्तिम-४ सम्म पुगेको खण्डमा झनै सन्दिपको सिपिएल खेल्ने सम्भावना कम हुनसक्छ।
कोभीड-१९ का कारण अन्तर्राष्ट्रिय उडानहरु प्रतिबन्धित रहेकाले जुन ९ तारिख देखि सुरु हुने भाईटालिटि ब्लास्ट टि-ट्वान्टी खेल्न जाने सम्भावना समेत सन्दिपको कम रहेको छ। अन्तर्राष्ट्रिय उडान छिट्टै खुल्ने सम्भावना नदेखिएको हुँदा सन्दिपले लिगको सुरुवाती चरणको खेल गुमाउने निश्चित जस्तो देखिएको छ।
यो वर्ष जनवरीमा अस्ट्रेलियामा बिग ब्यास लिग खेलेपछि सन्दिपले विदेशी लिग खेलेका छैनन्। राशिद खानको स्थानमा पाकिस्तान सुपर लिग खेल्न फेब्रुअरीमा पाकिस्तान पुगेता पनि कोभिड-१९ का कारण प्रतियोगितानै स्थगित हुँदा सन्दिप खेलनै खेल्न नपाई नेपाल फर्कनुपरेको थियो।
सम्बन्धित
https://wicketnepal.com/sandeep-feri-ipl-khelna-chahanchu-wn21/
https://wicketnepal.com/sandeep-kina-royeka-thiye-wn20/
https://wicketnepal.com/sl-cricket-bibad-wn21-5-21/
https://wicketnepal.com/bcci-prastab-ecb-dwara-aswikar-wn21/
