टेस्ट च्याम्पियनसिप फाइनलमा छैठौं दिन पनि खेल हुन सक्ने

२०७८ जेष्ठ १२, बुधबार १९:१४

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) वर्ल्ड टेस्ट च्याम्पियनसिपको पहिलो संस्करणको फाइनलको आईसीसीले प्लेयिंग कन्डीसनमा परिवर्तन गर्ने बारे छलफल गरिरहेको छ।

टेस्ट क्रिकेटलाई लोकप्रिय बनाउन आयोजना गरिएको टेस्ट च्याम्पियनसिपको उपाधिको लागि जुन १८ तारिखमा भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डको साउथह्याम्प्टनमा खेल हुनेछ।

आईसीसीले यसै साता प्लेयिंग कन्डीसन बारे अन्तिम निर्णय गर्ने बताईएको छ।

फाइनल खेल बराबरीमा टुंगिएको अवस्थामा के गर्ने भन्नेमा आईसीसीले निर्णय गर्नेछ। आईसीसीले वर्ल्ड टेस्ट च्याम्पियनसिप प्रतियोगिता घोषणा गर्दा फाइनल खेलको लागि रिजर्भ डे ( अतिरिक्त दिन ) राख्ने बताएको थियो। तर आईसीसीको वेबसाइटबाट उक्त नियम अहिले हटाइएको छ र खेल बराबरीमा टुंगिएको अवस्थामा दुवै टिमलाई संयुक्त विजेता घोषणा गर्ने लेखिएको छ।

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको विजेता ट्रफी

टाईम्स अफ इन्डीयासंग कुराकानीमा आईसीसीसंग जोडिएका एक सुत्रले बताए – “योजना यो हो कि पहिलो पाँच दिनको खेल कुल ३० घण्टाको हुनेछ। यदी ५ दिनमा केहि कारणले ३० घण्टा खेल हुन नसकेको खण्डमा रिजर्भ डेको रुपमा छैठौं दिन खेल खेलाइनेछ। त्यसले गर्दा खेल मौसमको कारण नतिजाविहिन टुंगिने सम्भावना कम हुनेछ।”

तर अझसम्म पनि ‘यति घण्टाको खेल’ बारे निकै अस्पस्टता रहेको बताईएको छ। आईसीसीले स्लो ओभर रेटमा पनि विशेष ध्यान राख्नेछ। ५ दिनको खेल अधिकतम ४५० ओभरको हुनु पर्नेछ।

“पहिलो टेस्ट च्याम्पियनसिप फाइनल हुनाले संयुक्त विजेताको विचार पनि उपयुक्त लागिरहेको छैन। त्यसैले खेलको नतिजा निस्कियोस् भन्नको लागि हरसम्भव विकल्पहरु प्रयोग गर्नुपर्नेछ। आईसीसीको समिति यसैमा काम गरिरहेको छ र यसै साता भित्र अन्तिम फैसला आउनेछ।” श्रोतले थपे।

वर्ल्ड टेस्ट च्याम्पियनसिपको भविष्य बारे छलफल जुन १ मा 

वर्ल्ड टेस्ट च्याम्पियनसिपलाई सन् २०१९ मा घोषणा गर्दा सन् २०२१-२३ मा पनि च्याम्पियनसिपलाई निरन्तरता दिने बताईएको थियो। प्रतियोगितालाई निरन्तरता दिने या नदिने बारे आईसीसी दोधारमा रहेको छ। जुन १ तारिखमा हुने आईसीसीको बोर्ड मिटिंगले त्यसबारे छलफल गर्नेछ।

२०२१-२३ वर्ल्ड टेस्ट च्याम्पियनसिपको सुरुवात वर्ल्ड टेस्ट च्याम्पियनसिप सकिएको अर्को महिनामा इंग्ल्यान्ड र भारत बीचको टेस्ट सिरिजबाट हुनसक्नेछ। यस अघि बनाइएको टेस्ट च्याम्पियनसिपको पोइन्ट सिस्टम पनि परिवर्तन हुनसक्नेछ।

आईसीसीले टेस्ट क्रिकेटलाई लोकप्रिय बनाउने उद्देश्यले वर्ल्ड टेस्ट च्याम्पियनसिप सुरुवात गरेता पनि आईसीसीले सोचे अनुरुप प्रतियोगिताले नतिजा दिन सकेको छैन। धेरैले च्याम्पियनसिपको पोइन्ट सिस्टम प्रति असन्तुष्टि जनाएका छन्। आईसीसी अध्यक्ष ग्रेग बारकलेले गत वर्ष नोभेम्बरमा पदभर ग्रहण गर्दा टेस्ट च्याम्पियनसिप सोचे जस्तो सफल नभएको बताएका थिए।

धेरैले पढेको 

https://wicketnepal.com/puma-sponsor-ryan-burl-wn21/

https://wicketnepal.com/sl-cricket-bibad-wn21-5-21/

https://wicketnepal.com/ban-beat-sl-2nd-odi-5-25/

https://wicketnepal.com/sandeep-cpl-t20-wn21-tringabo/

https://wicketnepal.com/mehboob-alamle-wisha-chakit-banayeko-din/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy