आयरल्याण्डसंग घरेलु भूमिमा तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो एकदिवसीय खेल्दै नेदरल्याण्डले ‘आईसीसी क्रिकेट वोर्ल्ड कप सुपर लिग’ को सुरुवात गरेको छ।
स्पोर्ट्सपार्क, अट्रेक्टमा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको नेदरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९५ रन बनाउदै आयरल्याण्डलाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
अत्यन्त खराब सुरुवात गरेको नेदरल्याण्डले सुरुवाती ५ विकेट ५३ रनको योगफलमै गुमाउन पुगेको थियो। ओपनर स्टेफेन माईबर्गले २० तथा म्याक्स ओडोडले २३ रन बनाएता पनि आठौं ओभरमा माईबर्ग र ११ औं ओभरमा म्याक्स ओ डोड आउट भए पछि लगातार विकेट गुम्न पुगेको थियो। आयरल्याण्डका देब्रे हाते पेसर जोशुवा लिटलले बेन कुपर, पिटर सिलार र स्कट एडवार्डसलाई पेभेलियन फर्काउदै नेदरल्याण्डलाई दबाबमा ल्याएका थिए।

छैठौं विकेटको लागि बास डी लिडे र सकिब जुल्फिकरले ४९ रनको साझेदारी गरे। लिडे २१ रन तथा जुल्फिकर २३ रन बनाए आउट हुँदा नेदरल्याण्ड पुनः दबाबमा आयो।
आठौँ विकेटको लागि टिम भान डर गुग्टेन र लोगान भान बिकले ७२ रनको साझेदारी गर्दै नेदरल्याण्डलाई उकासे। करियरको पहिलो अर्धशतक बनाउन चुकेका गुग्टेनले ५३ बलमा १ चौका र ४ छक्का प्रहार गरे। उनलाई ४७ औं ओभरमा क्रेग योंगले क्याच आउट गराए। त्यसपछि पनि भान बिकले अन्तिमसम्म ब्याटिंग गर्दै अविजित २९ रन बनाए।
आयरल्याण्डको बलिंगमा क्रेग योंग ( १०-१-३४-३ ) र जोशुला लिटल ( ९-१-२४-३ ) ले समान ३ विकेट लिए भने एन्डी म्याकब्राइन ( ९-१-३१-१ ) र सिमि सिंह ( १०-३-२८-१ ) ले समान १ विकेट लिए।
सिरिज अन्तर्गत दोश्रो खेल जुन ४ तथा तेश्रो खेल जुन ७ तारिखमा खेलिनेछ।
धेरैले पढेको
https://wicketnepal.com/gbr-dubo-ropna-suru-photo/
https://wicketnepal.com/icc-nirnaya-team-sankhya-badhyo-icc/
https://wicketnepal.com/cpl-2021-draft-pachi-kun-team-kasto/
https://wicketnepal.com/pura-sijan-ipl-nakhelne-wn21/
https://wicketnepal.com/sunam-brisbane-p-l-chanot-wn21/
