डेब्युमा कनवेको कीर्तिमानी शतक, न्युजिल्यान्ड बलियो

२०७८ जेष्ठ २०, बिहीबार ००:१५

न्युजिल्यान्डको इंग्ल्यान्ड भ्रमण अन्तर्गत दुई वटा टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट लर्ड्स क्रिकेट मैदानमा सुरु भएको छ।

खेलमा टस जितेर ब्याटिंग रोजेको न्युजिल्यान्डले पहिलो दिनको समाप्तिमा ८६ ओभर ब्याटिंग गर्दै ३ विकेट क्षेतीमा २४६ रन बनाएको छ।

न्युजिल्यान्डको लागि डेब्यु गरेका ब्याट्सम्यान डेभोन कनवेले शतकीय योगदान दिए। अविजित रहेका देब्रे हाते ब्याट्सम्यानले २४० बलमा १६ चौका मद्दतले १३६ रन बनाएका छन्।

ओपनर टम लाथम २३ रन, कप्तान केन विलियमसन १३ रन तथा रोस टेलर १४ रन बनाएर आउट हुँदा न्युजिल्यान्ड ११४/३ को अवस्थामा पुगेको थियो। चौथो विकेटको लागि कनवेले हेनरी निकोलससंग १३२ रनको साझेदारी गरेका छन्। निकोलस ४६ रनमा अविजित रहेका छन् जसले १४९ बलमा ३ चौका प्रहार गरेका छन्।

इंग्ल्यान्डको बलिंगमा डेब्यु गरिरहेका दायाँ हाते पेसर ओली रोबिनसनले २ विकेट ( १६-४-५०-२ ) तथा जेम्स एण्डरसनले १ विकेट ( २०-५-५५-१ ) लिएका छन्।

कनवेको कीर्तिमान

डेभोन कनवेले लर्ड्स क्रिकेट मैदानमा डेब्युमै सर्वाधिक रन बनाउने भारतीय ब्याट्सम्यान सौरभ गांगुलीको कीर्तिमान पछि पारेका छन्। गांगुलीले सन् १९९६ मा टेस्ट डेब्यु गर्ने क्रममा इंग्ल्यान्ड बिरुद्ध लर्ड्समा १३१ रन बनाएका थिए।

रोचक कुरा त के छ भने कनवे र गांगुली दुवैको जन्म एकै दिन अर्थात् जुलाई ८ तारिखमा भएको थियो।

टेस्ट क्रिकेटमा डेब्युमै सह्तक बनाउने कनवे १०९ औं क्रिकेटर हुन् भने न्युजिल्यान्डको १२ औं क्रिकेटर हुन्। यस्तै लर्ड्स क्रिकेट मैदानमा डेब्युमा शतक बनाउने उनि छैठौं क्रिकेटर हुन्।

दक्षिण अफ्रीकामा जन्मिएका २९ वर्षीय कनवेले गत वर्ष वेस्टइन्डिज बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए भने यो वर्ष मार्चमा बंगलादेश बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।

धेरैले पढेको 

https://wicketnepal.com/gbr-dubo-ropna-suru-photo/

https://wicketnepal.com/ned-vs-ire-1st-odi-wn21/

https://wicketnepal.com/bcci-lai-samay-sima-tokyo-icc-wn21/

https://wicketnepal.com/karan-kc-9-best-bowling-spell/

https://wicketnepal.com/pura-sijan-ipl-nakhelne-wn21/

https://wicketnepal.com/sandeep-england-yatra-kathin-bandai-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy