खराब सुरुवात पछि बर्न्स र रुटको साझेदारीले इंग्ल्यान्ड सम्हालियो

२०७८ जेष्ठ २०, बिहीबार २३:४८

खराब सुरुवात पछि कप्तान जो रुट र रोरी बर्न्स शतकीय साझेदारीतर्फ अघि बढ्दा दुई टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टको दोश्रो दिनको समाप्तिमा इंग्ल्यान्ड सम्हालिएको छ।

दोश्रो दिन न्युजिल्यान्डको पहिलो इनिंग्स ३७८ रनमा समाप्त भएपछि ब्याटिंग सुरु गरेको घरेलु टोलिले दिनको समाप्तिमा ४३ ओभर ब्याटिंग गर्दा २ विकेट गुमाएर १११ रन बनएको छ। न्युजिल्यान्डको पहिलो इनिंग्सको योगफलबाट इंग्ल्यान्ड अझै २६७ रन पछि रहेको छ।

इंग्ल्यान्ड ओपनर डोमिनिक सिबले खाता नखोली कायल जेमिसनबाट एलबिडब्लु भए भने तथा तेश्रो नम्बरका ज्याक क्रले २ रन बनाएर टिम साउदीबाट क्याच आउट हुन पुगेका थिए।

१८/२ को अवस्थाबाट ओपनर रोरी बर्न्सले चौथो नम्बरमा आएका रुटसंग ९३ रनको साझेदारी गरेका छन्। अर्धशतक पुरा गरेका बर्न्स ५९ रन तथा रुट ४२ रनमा अविजित रहेका छन्।

कायल जेमिसन ( १०-४-२९-१ ) र टिम साउदी ( ११-४-१७-१ ) ले समान १ विकेट लिएका छन्।


यस अघि पहिलो दिनको समाप्तिमा २४६/३ को अवस्थामा रहेको न्युजिल्यान्ड दोश्रो दिन चिया सत्र अघि ३७८ रनमा समेटिन पुगेको थियो।

भ्रमण टोलिको लागि ओपनर डेभोन कनवेले सर्वाधिक २०० रन बनाए तथा हेनरी निकोलसले ६१ रन बनाए।

इंग्ल्यान्डको बलिंगमा डेब्यु गरिरहेका दायाँ हाते पेसर ओली रोबिन्सनले सर्वाधिक ४ विकेट लिए जुन क्रममा २८ ओभर बलिंग गर्दै ६ मेडन ओभर सहित ७५ रन खर्चिए। मार्क वुडले ३ विकेट  (२७-८-८१-३ ) लिंदा जेम्स एन्डरसनले २ विकेट ( २८-७-८३-२ ) लिए। स्टुवार्ट ब्रोड ( २७-५-७९-०) विकेटविहिन रहे।

यो पनि पढ्नुस 

https://wicketnepal.com/debyu-mai-dohoro-shatak-banaudai-conway/

https://wicketnepal.com/ned-vs-ire-1st-odi-wn21/

https://wicketnepal.com/karan-kc-9-best-bowling-spell/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy