वर्सेस्टरशायरद्वारा सन्दिपको कन्ट्रयाक्ट रद्द

२०७८ जेष्ठ २२, शनिबार २२:३१

Sandeep Lamichhane ( Photo : Chris Whiteoak / The National )

भिसा आउन ढिलाइ भएका कारण नेपाली लेग स्पिनर सन्दिप लामिछानेले इंग्ल्यान्डको ‘भाईटालिटि टि-ट्वान्टी ब्लास्ट’ प्रतियोगिता गुमाउने भएका छन्।

नेपाली लेग स्पिनरलाई  ‘भाईटालिटि टि-ट्वान्टी ब्लास्ट’ को टोलि वर्सेस्टरशायर र्यापिडले पहिलो पटक अनुबन्ध गरेको थियो। सन्दिप इंग्ल्यान्ड पुग्न निकै ढिला हुने भएपछि वर्सेस्टरशायरले सन्दिपसंगको कन्ट्रयाक्टनै रद्द गरेको हो।

शनिवार राति आफ्नो फेसबुक लाइभ मार्फत सन्दिपले आफ्नो कन्ट्रयाक्ट रद्द भएको जसको पछाडी भिसा एक मात्र कारण रहेको बताएका हुन्। लाइभको क्रममा सन्दिप निकै निराश र भावुक देखिएका थिए।

‘भाईटालिटि टि-ट्वान्टी ब्लास्ट’  प्रतियोगिता जुन ९ तारिख देखि सुरु हुनेछ जसको लागि नेपाली स्पिनर मे २७ तारिखमा इंग्ल्यान्डतर्फ प्रस्थान गरिसक्नु पर्ने थियो। सन्दिपले जुन ४ तारिखमा मात्र भिसा पाएका हुन्।

“म वर्सेस्टरशायरको हिस्सा हुने छैन र त्यसको पछाडीको कारण भिसा र पासपोर्ट ढिला हुनु हो” सन्दिपले बताएका छन्।

नेपाल जस्तो एसोसिएट राष्ट्रको खेलाडीको लागि इंग्ल्यान्डको चर्चित प्रतियोगिता खेल्न पाउनु ठूलो अवसरको रुपमा लिईएको थियो। तर, यो अवसर गुम्नुले कसैलाई दोष नदिएता पनि कसको लापरवाहीले यस्तो परिस्थिति सिर्जना भयो भने सोध्ने सन्दिपले बताएका छन्।

सन्दिपले भिसा ढिला भएता पनि इंग्ल्यान्ड जान प्रयास गरिरहंदा वर्सेस्टरशायरले कन्ट्रयाक्टनै रद्द भएको जानकारी गराएपछि अब इंग्ल्यान्ड जान नपाउने जानकारी समेत गराए –

“एकजना दाईले फ्लाइट मिलाउनु भएको थियो तर कन्ट्रयाक्टनै रद्द भएपछि म अब जान पाउदिन।” उनले शुक्रबार निकै ढिला भएको मात्र लेखेर ट्वीट गरेका थिए।

नेपालबाट सिधा इंग्ल्यान्ड फ्लाइट प्रतिबन्ध भएकोले सन्दिप तेश्रो देश हुँदै इंग्ल्यान्ड जान प्रयास गरिरहेका थिए जसमा सफलता मिलेको भए तेश्रो देश र इंग्ल्यान्डमा क्वारेन्टाइन अवधि गरि नेपालबाट प्रस्थान गरेको २०-२१ दिनमा खेल खेल्न पुग्ने थिए। तर भिसा ढिला आउदा सन्दिपको प्रयास विफल हुन पुग्यो। ४-५ दिन अघि मात्रै भिसा आएको भए सन्दिपले केहि खेल गुमाएता पनि लिग खेल्न पाउने थिए जुन अब टरेको हो।

“मलाई थाहा छैन, कहाँ के भएन। जुन दिन मेरो फ्लाइट थियो त्यसको १-२ दिन अघि मैले ट्वीट गरेको थिए। भिसा पाउदा मिति हेर्दा थाहा भए भिसा त लागिसकेको थियो तर पासपोर्ट किन ढिला आयो। फ्लाइटहरु पनि भारतबाट आइरहेको थियो तर किन ढिला भयो अहिलेसम्म थाहा छैन। यो लापरबाही कहाँबाट भयो थाहा पाउन सकीरहेको छैन”

“टि-ट्वान्टी ब्लास्ट र द हन्ड्रेडमा सहभागी हुन जानको लागि युके भिसा अप्लाई गरको एक महिना भन्दा बढी समय भयो। मेरो फ्लाइटको दिन नजिकिँदै गैरहेको छ र मैले बारम्बार अपडेटको लागि अफिसमा सम्पर्क गर्दा कहिले पनि स्पस्ट जवाफ आएन।” सन्दिपले त्यसबेला ट्वीट गरेका थिए।

सन्दिपले काउन्टी क्लबबाट खेल्न पाउनु ठूलो अवसर गुमाएको र यसले गर्दा नेपाली खेलाडीलाई इंग्ल्यान्ड क्लबले हेर्ने दृस्टीमा असर पर्ने समेत बताए –

“म खुसि छैन, काउन्टी ठुलो अवसर थियो, एसोसिएट राष्ट्रको खेलाडीको लागि। एकदम मुस्किलले यस्तो मौका पाउने गर्छौ।”

“अन्तिम पटक अमेरिकी एम्बेसीले पनि यस्तै दुर्व्यवहार या लापरवाही गरेको थियो जुन कुरा मैले बाहिर भनिन। मलाई दुख लाग्ने कुरा के भने मैले ट्वीट गर्दा समेत मैले इंगित गरेको कसैले पनि मलाई सहयोगको लागि प्रयास गर्छु समेत भनेनन् न कसैले व्यक्तिगत म्यासेजनै गर्नु भयो।”

“अवसर फेरी पनि आउछ तर अर्को टिम माथि यसले कस्तो असर पर्ला। अर्को कुनै टिमले फेरी लिन खोज्ला कि नाई ? ”

“यो देशको खेलाडीहरुले कहिले त्यो सम्मान पाउनेछन् जसको हकदार छन् ?” सन्दिपले प्रश्न गरेका छन्।

‘भाईटालिटि टि-ट्वान्टी ब्लास्ट’ को कन्ट्रयाक्ट रद्द भएता पनि नेपाली लेग स्पिनर जुलाई २२ तारिख देखि इंग्ल्यान्डमा संचालन हुने ‘द हन्ड्रेड’ लिगमा भने सहभागिता जनाउनेछन्। लिगमा सन्दिपलाई ओभल इन्भिन्सिबल टिमले अनुमानित करिब १ करोड नेपाली रुपैयाँ अनुबन्ध गरेको बताईएको छ। द हन्ड्रेड लिगमा सहभागिता पछि नेपाली स्पिनर इंग्ल्यान्डबाटै करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० खेल्न वेस्टइन्डिजतर्फ प्रस्थान गर्नेछन्। अगस्ट २८ तारिख देखि सुरु हुने सिपिएल टि-ट्वान्टीमा नेपाली स्पिनर डिफेन्डिङ च्याम्पियन टिम ट्रिनबागो नाइट राइडर्सबाट खेल्दैछन्।

यो पनि पढ्नुस 

https://wicketnepal.com/sandeep-cpl-t20-wn21-tringabo/

https://wicketnepal.com/ire-vs-ned-2nd-odi-report-wn21/

https://wicketnepal.com/gbr-dubo-ropna-suru-photo/

https://wicketnepal.com/icc-nirnaya-team-sankhya-badhyo-icc/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy