फराकिलो मैदान भए कति रमाउदा हुन ? भविष्यका पारस ।

२०७८ जेष्ठ २६, बुधबार १४:१८

  • कमल रावल, जेठ २५ अछाम

मंगलसेन नगरपालिका वडा नम्बर ४ मा पर्छ नागातोला । त्यसैको अलि परपट्टि पर्छ सान्टुडाको गाईवस्तु चराउने चौर जुन चौरमा दैनिक जसो बिहान बेलुकीको समुहमा भेटिन्छन, बालबालिका तथा किशोर उमेरमा अघि बढदै गरेका १२/१३ जनाको समुहमा ।कोरोनाभाईरसको संक्रमण जोखिमका कारण निशेधाज्ञा हुदा अधिकाश विद्यालय उमेरका बालबालिका स्कुल बन्द हुदा गाउँ घरमै छन् ।

विद्यालय बन्द अबस्थामा घरमा रहेका नागातोलाका बालबालिका बाझो भिरालो भिड चस्तै चौरमा क्रिकेट खेल्न ब्यस्त देखिन्छन् । प्रत्येक आलि ५ मिटर चौडाई तथा २५ मिटर जति लम्बाई भएका ३ वटा आलि सान्टुडा चौर बाजो अवस्थामा छन्। त्यहि बाजोलाई सदुपयोग गरि क्रिकेट खेल्न ब्यस्त छन् नागातोलाका बालबालिका।

चौरको तल्लो र माथिल्लो पट्टि पुरै खेतीयोग्य जग्गा भएकाले खेति लगाएको ठाउँमा बल पर्यो भने ब्याट्सम्यान आउट हुने नियम नै उनिहरुले बनाएका छन् । बर्खाको समय भएकाले चौर हरभरा देखिन्छ चौरको बिचमा ढुङ्गाले चिनेर समेत उनिहरुले क्रिकेट पिच बनाएर खेलिरहेका भेटिन्छन् ।

साफेबगर, कैलाशखोला, मंगलसेन कैलाशखण्ड सिर्जना चोक माथिपट्टि हुने क्रिकेट खेल तिर कसैको ध्यान गएको थिएन । गत शनिवार स्थानिय शिक्षक धन कुमार केसि घरमा हुदा नजिकै ती बालबालिका खलिरहेको स्थान पुगेका थिए । जुन फोटो सबैभन्दा पहिले आईतबार बेलुकि मात्रै फेसबुकमा पोष्ट गरेपछि मेरो (कमल रावल) ध्यान फोटोले निकै केन्द्रित गरेको थियो ।

सानोमा छदा मोजाको बल काठको ब्याड बनाएर खेलेको याद फोटोले दिलाएको थियो । धन सरको अनुमतिमा मैले सामाजिक संन्जालमा शेयर सहित क्रिकेटसँग सम्बन्धित पेज, खेलाडी, खेलप्रेमिलाई समेत शेयर गरेको थियो । जुन तस्बिर सामाजिक संन्जालमा भाईरल समेत बनिरहेका छन् । म स्वयम् स्थलमा नपुगेपनि शिक्षक केसिका अनुसार बालखहरु पुराना कपडालाई मोजाभित्र थुपारेर बल बनाएर स्थानिय काठबाटै ब्याट समेत बनाई खेल्न खोज्दैछन्।

खेल्ने चाहना र इच्छा सबैको हुन्छ त्यसमाथी पनि बालापनमा खेल खेल्ने चाहना अझै बढी हुन्छ, पिचको बिचमा उखेल्नै नसकिने ठूलो ढुङ्गाको प्रवाह नगरि फिल्डिङ गर्दाको सुरक्षा र जोखिम त अझै बढी देखिएको छ । अगाडि केसिले भने सुरुमै देखेर निकै भावुक बने अलिकती फराकिलो जग्गा भए कति रमाउदा हुन ? राम्रो मैदानमा होस ? टेनिस बल होस ? फेसन सहित सहरिया ब्याट होस् ? कहिले मैदानमा खेल्न पाउने हुन्, चाडै उनिहरुले मैदानमा खेल्न पाएको भए कति खुसि हुने थिए ।

अछाम जिल्लामा स्तरिय रुपमा क्रिकेट खेल्नका लागि खेल मैदान नै छैन । क्षेत्र नम्बर १ को साफेबगरको रिडिकोट, बान्निगढि जयगढ गाउपालिकाको थालाकोट खेलमैदन भएतापनि अझै सुविधा सम्पन्न सहित खेल्न योग्य छैन । अछाम क्षेत्र नम्बर २ मा भने अझै पनि सामान्य खेल मैदान समेत छैन । गाउँ गाउमा आएका सिह दरबार स्थानिय सरकारले खेलाडिको लगानि मेहनतलाई समेत मध्येनजर गर्दै उचित भौतिक संरचना निर्माण गर्न नितान्त आवश्यक देखिन्छ ।

सम्बन्धित 

आईसीसीले राख्यो नेपालमा क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर

गौतम बुद्ध रंगशालामा दुबो रोप्न सुरु ( फोटो फिचर )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy