बाबर आजमको उत्कृस्ट इनिंग्सका बाबजुद पाकिस्तान सुपर लिगको बिहिबार सम्पन्न १६ औं खेलमा कराची किंग्स मुल्तान सुल्तानसंग १२ रनले पराजित भएको छ। लिगमा मुल्तानको यो पहिलो जित हो।
युएईको अबुधबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा मुल्तानले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा कराचीले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो।
कराचीको लागि ओपनर बाबर आजमले अविजित ८५ रन बनाएता पनि जितको लागि पर्याप्त हुन सकेन। आजमले ६३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। चाडविक वाल्टनले ३५ रन, मार्तिक गुप्टिल र नजीबुल्लाह जद्रानले समान ११ रन योगदान दिए।
मुल्तानको बलिंगमा दायाँ हाते पेसर इमरान खानले ३ विकेट ( ४-०-२८-३ ) र इमरान ताहिरले २ विकेट ( ४-०-२७-२ ) लिए।
A 3-fer for @ImeeK218 as his side defended their total comfortably.#HBLPSL6 | #MatchDikhao | #MSvKK pic.twitter.com/ez3POfRdGk
— PakistanSuperLeague (@thePSLt20) June 10, 2021
यस अघि टस हारेर ब्याटिंग गरेको मुल्तान सुल्तानले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १७६ रन बनाएको थियो।
मुल्तानको लागि राइली रोस्यु र खुस्दिल शाहले समान ४४ रन योगदान दिए। रोस्युले २४ बलमा ७ चौका तथा खुस्दिलले ३२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। सोहेल मक्सुदले ३१ रन, कप्तान मोहम्मद रिजवानले २९ रन तथा सोहेल तन्भिरले १४ रन बनाए।
चौथो नम्बरमा ब्याटिंग गरेका रोस्युले मोहम्मद रिजवानसंग ६८ रनको तथा खुस्दिलले सोहेल तन्भिरसंग ४८ रनको साझेदारी गरेका थिए।
कराची किंग्सको बलिंगमा थिसारा परेराले २ विकेट ( ३-०-१२-२ ) तथा इमाद वासिम ( ३-०-३४-१ ) र वकास मक्सुद ( ४-०-३३-१ ) ले समान १ विकेट लिए।
पाँचौ खेल खेल्दा पहिलो जित दर्ता गरेपछि मुल्तान २ अंक सहित अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ। समान अंक रहेको क्वेटा छैठौं स्थानमा छ। कराची भने हार पछि पनि ६ अंक सहित दोश्रो स्थानमा रहेको छ। पेशावर र इश्लामवाद समान ६ अंक रहेता पनि तेश्रो र चौथो स्थानमा रहेको छ। लाहोर कलन्दर्स ५ खेलमा ४ जित पछि ८ अंक सहित शिर्षस्थानमा रहेको छ।
