सामाजिक संजाल ट्वीटरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा वर्तमान नेपाल क्रिकेट संघ ( क्यान ) का क्रिकेट म्यानेजर बिनोद दासले सेलिब्रिटी बैंकर नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहलाई दिएको जवाफ भाइरल बनेको छ।
के भएको हो
नेपाल क्रिकेट संघको नयाँ आर्थिक कार्यविधिका अनुसार राष्ट्रिय पुरुष क्रिकेटरले एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा प्रति खेल १० हजार रुपैयाँ र टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दा ५ हजार रुपैयाँ तथा महिला राष्ट्रिय क्रिकेटरले एक दिवसीय प्रतियोगिता खेल्दा प्रति खेल रु. ५ हजार र टि-ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रति खेल रु ३ हजार पाउनेछन्। विस्तृतमा पढ्नुस
पुरुष क्रिकेटरलाई महिला क्रिकेट भन्दा दोब्बर भत्ता बढी दिईएकोमा बैंकर शाहले ट्वीट गर्दै भेदभाव भएको बताएका थिए। उनले ट्वीटरमा लेखेका छन् – “मलाई अस्चार्य छ कि यदी कुनै बैंकले महिला सदस्यलाई अन्य सदस्यहरुलाई भन्दा ५० प्रतिशत कम प्याकेज प्रदान गरे के हुन्छ। मलाई यो खेल मनपर्छ तर मेरो आमाको छोरा र मेरो छोरिको बुबाको रुपमा म चुप लाग्न सक्दिन। सबै रुपमा लैंगिक भेदभाव रोक्नुहोस्”
शाहले ट्वीट गरेको केहि समयमा क्यानका क्रिकेट म्यानेजर बिनोद दासले त्यस्तो जवाफ दिए जुन ट्वीटरमा एकाएक चर्चित हुन पुग्यो। दासले व्यंग्य र तारिफ मिसाउदै लेखेका छन् – “तपाईले त्यति बेला यही कुरा गर्नु भएको भए हुन्थ्यो जब हामि महिला राष्ट्रिय प्रतियोगिताको प्रायोजनको लागि तपाई समक्ष पुगेका थियौं। हामि सबै आदर्श संसारमा बाँच्न चाहन्छौं तर यो संसारलाई आदर्श बनाउन धेरै कुरा चाहिन्छ। तपाईलाई अझै पनि मेरो अनुरोध छ, हामि सबैले आफ्नो आदर्शलाई कार्यमा परिणत गर्न हातेमालो गर्न जरुरी छ। तपाई हाम्रो ठूलो आशा हो।”

दासको उक्त ट्वीट पछि धेरैले बैंकर शाहको आलोचना गरेपछि दासले कसैको भनाइलाई लिएर व्यक्तिगत रुपमा आलोचना नगर्न अनुरोध गरेका थिए। “म आग्रह गर्छु कि कसैले व्यक्तिगत विचार राखेको भरमा व्यक्तिलाई आक्रमण नगर्नु होला। म अनिल शाहको ठूलो प्रशंसक हो जो सधै मेरो लागि उपस्थित हुनुहुन्छ। म आज यो मात्र स्पस्ट पार्न चाहन्थे कि ‘काम गर्न सहज छैन तर सबै मिलेर अघि बढ्यो भने छिट्टै यो सम्भव हुनेछ।”
यो वर्ष सुरुवातमा क्यानका क्रिकेट म्यानेजर दास शाह समक्ष महिला रास्ट्रिय प्रतियोगिताको प्रायोजनको प्रस्ताव लिएर पुगेका थिए। क्यानले गत वर्ष दासलाई क्रिकेट म्यानेजर नियुक्त गरेपछि उनले प्रतियोगिताको प्रायोजनको लागि पहल थालेका थिए। त्यसबेला दासले ट्वीटर मार्फत शाहसंगको फोटो राख्दै शाहलाई भेट्दा र उनको कुरा सुन्दा खुसि लागेको र साथको लागि धन्यवाद दिएका थिए। फोटोमा भेट सकारात्मक देखिएता पनि दास खालि हात फर्कनुपरेको उनको ट्वीटले स्पस्ट हुन्छ। नेपाल क्रिकेट संघ पछिल्लो प्रतियोगिताहरुमा प्रायोजन पाउन संघर्ष गर्दै आएको छ, अझ महिला क्रिकेटमा त प्रायोजक नगन्य रहने गरेको छ।
It’s always a pleasure to meet @AnilKesharyShah and listen to him. Thank you for your guidance and support. #Cricket #Nabilbank #CAN pic.twitter.com/PrIdE3qTig
— Binod Das (@binodsum) January 8, 2021
दासको व्यंग्य मिश्रित ट्वीटपछि शाहले प्रतिक्रिया दिने क्रममा आफू लैंगिक भेदभावको विपक्षमा रहेको बताउदै क्यानले खेलाडीको भत्ता वृद्धि गरेकोमा खुसि व्यक्त गरेका छन्- “धन्यवाद बिनोद दास साथको लागि तर मेरो लैंगिक समानता बारे धारणा समान नै छ। क्यानले राष्ट्रिय खेलाडीको भत्ता वृद्धि गरेकोमा म खुसि छु तर म आगामी दिनमा अरु लैंगिक समानता होस् भन्ने चाहन्छु।”
उक्त ट्वीटको जवाफमा दासले मिलेर अघि बढ्नु पर्ने बताएका छन्- “एक साथ् हिंडे सम्भव छ सर, चासोको लागि धन्यवाद।”
दुवैको ट्वीट संवाद पछि अधिकांशले बिनोद दासको समर्थन गर्दै शाहको आलोचना गरेका छन्। हेर्नुस कसले के प्रतिक्रिया दिए –
People should earn money based on how much they make money for the organization. Unfortunately, women sports is neglected by OTHER WOMEN, this is why women sports makes less money, so indeed the gap is justified. Glad that Anil Shah’s hypocrisy got EXPOSED here. 🙏
— captainpunk 🇳🇵 (@captainpunk1) June 10, 2021
Also, if they’d apply this in endorsements too. Getting two male players when they could have signed with one each from Men’s and Women’s team.
Its easier to criticise when its not you 😉— Subas Humagain (@SubasTheOne_) June 10, 2021
Good bouncer from former pacer!!
— slamichhane (@bbeautifullmind) June 10, 2021
100 percent. People have 2 faces . One in real world and another in social media . Anil dai is good but he should have not come with this in social media as a counter attack on CAN
— sagar kharel (@sagarkharel) June 10, 2021
There are issues.@CricketNep has many problems, financially. But I don’t think it is a fair reason to say, ‘you have to sponsor us so that we could act equally.’
Big business houses also should change the approach on how they look male & female teams…
— Pawan Acharya (@pawan7ach) June 10, 2021
