डीककको शानदार शतक, सहज जिततर्फ दक्षिण अफ्रीका

२०७८ जेष्ठ २९, शनिबार ०५:५६

दक्षिण अफ्रीकाको वेस्टइन्डिज भ्रमण अन्तर्गत दुई टेस्ट म्याचको सिरिज अन्तर्गत पहिलो टेस्टमा भ्रमण टोलि सहज जिततर्फ अघि बढेको छ।

टेस्टको पहिलो इनिंग्समा टस जितेर ब्याटिंग गर्ने क्रममा वेस्टइन्डिज ९७ रनमा समेटिन पुगेको थियो जसपछि पहिलो दिननै ब्याटिंग सुरु गरेको दक्षिण अफ्रीकाले दोश्रो दिन ३२२ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। पहिलो इनिंग्समा २२५ रनले पछि परेको घरेलु टोलिले ब्याटिंग सुरु गर्ने क्रममा दोश्रो दिनको समाप्तिमा ८२ रन बनाउदा ४ विकेट गुमाइसकेको छ र अझै १४३ रन पछि रहेको छ।

दिनको समाप्तिमा रोस्टन चेज २१ र जर्माइन ब्ल्याकवुड १० रन बनाएर क्रिजमा छन्। क्रेग ब्राथवेट ( ७ ) , काइरन पावेल ( १४ ) शाई होप ( १२ ) र कायल मेयर्स ( १२ ) पेभेलियन फर्कीसकेका छन्। दक्षिण अफ्रीकाका फास्ट बलर कागीसो रबाडा ( १०-४-१८-२ ) र एनरिक् नोर्किया ( ८-३-३४-२ ) ले समान २ विकेट लिएका छन्। नोर्कियाले पहिलो इनिंग्समा पनि ४ विकेट लिएका थिए।

डीककको शानदार इनिंग्स

दक्षिण अफ्रीकाले पहिलो इनिंग्समा ९६.५ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ३२२ रन बनाउन सक्यो। उसको लागि विकेटकिपर ब्याट्सम्यान क्विन्टन डीककले अविजित १४१ रन बनाए जुन क्रममा १७० बलमा १२ चौका र ७ छक्का प्रहार गरे। टेस्ट करियरमा डीककको यो छैठौं शतक हो। एडेन मारक्रमले ६० तथा भान डर डुसेनए ४६ रन बनाए।

छैठौं नम्बरमा ब्याटिंग गरेका डीककले नवौं विकेटको लागि एनरिक् नोर्कियासंग ७९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

सम्बन्धित 

दक्षिण अफ्रीका बिरुद्ध वेस्टइन्डिजको इतिहासकै कमजोर ब्याटिंग

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy