PSL : रिजवान, धानी र मक्सुदको प्रदर्शनमा मुल्तानको जित

२०७८ जेष्ठ ३१, सोमबार १२:२८

पाकिस्तान सुपर लिग अन्तर्गत आइतबार राति सम्पन्न दोश्रो खेलमा मुल्तान सुल्तानले पेशावर जाल्मीलाई ८ विकेटले पराजित गरेको छ। दिनको पहिलो खेलमा इश्लामावादले लाहोरलाई पराजित गरेको थियो। 

अबुधाबी स्थित शेख जायद स्टेडियममा पेशावरले दिएको १६७ रनको लक्ष्य मुल्तानले मात्र २ विकेट गुमाएर भेटायो।

मुल्तानको ब्याटिंगमा कप्तान तथा ओपनर मोहम्मद रिजवानले सर्वाधिक अविजित ८२ रन बनाए जुन क्रममा ५६ बलमा ९ चौका र २ छक्का प्रहार गरे। यस्तै शोयब मक्सुदले ३१ बलमा ४ चौका र ५ छक्का मद्दतले ६१ रन बनए। रिजवान र मक्सुदले दोश्रो विकेटको लागि ११६ रनको साझेदारी गरेका थिए।

यस अघि टस हारेर ब्याटिंग गरेको पेशावरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो। उसको लागि शर्फेन रुथरफोर्डले सर्वाधिक ५६ रन तथा कमरान अकमलले ३५ तथा हैदर अलिले २८ रन योगदान दिए।

मुल्तानको बलिंगमा शाहनवाज दानीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३१ रन खर्चिए।

जितपछि मुल्तान अंकतालिकाको पाँचौ स्थानमा यथावत रहेको छ जसले ७ खेल खेल्दा ३ जित र ४ जित दर्ता गर्दै ६ अंक बटुलेको छ। हार पछि पेशावर ८ खेलमा ४ जित र ४ हार पछि ८ अंक सहित तेश्रो स्थानमा रहेको छ।

अंकतालिका 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy