बाबर र नजिबुल्लाहको उत्कृस्ट पारि, इश्लामावादलाई चुनौतीपूर्ण लक्ष्य

२०७८ जेष्ठ ३१, सोमबार २३:२८

बाबर आजम र नजीबुल्लाह जद्रानको उत्कृस्ट इनिंग्स मद्दतले पाकिस्तान सुपर लिग अन्तर्गत २२ औं खेलमा कराची किंग्सले इश्लामावाद युनाइटेडलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

शेख जायद स्टेडियम अबुधाबीमा टस हारेर ब्याटिंग गरेको कराचीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९० रन बनाउदै इश्लामावादलिई १९१ रनको लक्ष्य प्रस्तुत गरको छ।

कराचीको लागि कप्तान बाबर आजमले सर्वाधिक ८१ रन बनाए जुन क्रममा ५४ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै नजीबुल्लाह जद्रानले अविजित ७१ रन बनाए जुन क्रममा ४२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। शर्जिल खानले २५ रन बनाए।

बाबर र नजीबुल्लाहले तेश्रो विकेटको लागि ११७ रको साझेदारी गरेका थिए। बाबरलाई १९ औं ओभरमा हसन अलिले क्याच आउट गराए।

इस्लामावादको बलिंगमा हसन अलि, मोहम्मद वासिम, अलि खान र अकिफ जाभेदले समान १ विकेट लिए।

लिग अंकतालिकामा इश्लामावाद १० अंक सहित पहिलो स्थानमा तथा कराची ६ अंक सहित चौथो स्थानमा रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy