भारत बिरुद्ध टेस्ट च्याम्पियनसिप फाइनलको लागि न्युजिल्यान्ड टिमको घोषणा

२०७८ असार १, मंगलवार १३:०६

भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डमा खेलिने आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलमा केन विलियमसन न्युजिल्यान्ड टिमको नेतृत्व गर्न उपलब्ध भएका छन्। न्युजिल्यान्डका प्रमुख प्रशिक्षक ग्यारी स्टिडले मंगलबार जुन १८ तारिखमा साउथह्याम्पटनमा खेलिने ऐतिहासिक फाइनलको लागि १५ सदस्यीय टोलिको घोषणा गरेका हुन्।

यसै साता सम्पन्न इंग्ल्यान्ड बिरुद्धको टेस्ट सिरिज अन्तर्गत दोश्रो टेस्टमा विलियमसन कुममा चोट लागेपछि टिमबाट बाहिर भएका थिए। उनको स्थानमा टम लाथमले टिमको नेतृत्व गरेका थिए। दोश्रो टेस्ट न्युजिल्यान्डले ८ विकेटले जित्दै सिरिज १-० ले जितेको थियो।

इंग्ल्यान्ड बिरुद्ध दोश्रो टेस्टमा ढाडको समस्याको कारण बाहिरीएका बिजे वाटलिंग पनि टिममा फर्किएका छन्।

“केन र बिजेलाई गत साता आराम र उपचार पछि राम्रो भएको छ र हामि आशा गर्छौं उनीहरु फाइनलको लागि फिट हुनेछन्।” स्टिडले बताए।

स्टिडले भारतसंगको खेल चुनौतीपूर्ण हुने बताए – “विश्व कप फाइनल खेल्नु विशेष अवसर हो जसको लागि केटाहरु तयार छन्। भारत विश्वस्तरीय टोलि हो जो संग खेल जिताउने खेलाडीहरु छन् त्यसैले हामिलाई थाहा छ उनीहरुलाई हराउन कति गार्हो छ।”

पहिलो संस्करणको वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल जुन १८ तारिखमा भारत र न्युजिल्यान्ड बीच खेलिनेछ

३२ वर्षीय देब्रे हाते स्पिनर एजाज पटेल र अलराउण्डर कोलिन डी ग्रयाण्डहोम टिममा छन्। टम ब्लन्डेन टिममा बैकल्पिक विकेटकिपरको रुपमा रहेका छन् भने विल योंग माथिल्लो क्रममा ब्याटिंग गर्न तयार छन्।

“हामिसंग विल एजाज स्पेसलिस्ट स्पिनरको रुपमा रहेका छन् जसले दोश्रो टेस्टमा राम्रो प्रदर्शन गरेका थिए र विश्वास छ कि उनि भारत बिरुद्ध महत्वपूर्ण सावित हुनेछन्।” स्टिडले बताए। पटेलले दोश्रो टेस्टमा कुल ४ विकेट लिएका थिए।

“कोलिन हाम्रो टेस्ट टिमको मुख्य सदस्य हुन् र उनको पुनरागमनले हामि उत्साहित छौँ। उनले आफुलाई माथिल्लो स्तरमा प्रमाणित गरेका छन् र ब्याट र बल दुवै पक्षबाट योगदान दिन सक्षम छन्।”

न्युजिल्यान्डले २० सदस्यीय टोलिबाट पाँच जना खेलाडीहरु डग ब्रेसवेल, ज्याकोब डफी, ड्यारेल मिचेल, रचिन रभिन्द्र र मिचेल स्यान्टनरलाई बाहिर राखेको छ।

न्युजिल्यान्ड टिम : केन विलियमसन ( कप्तान ) , टम ब्लनडेल, ट्रेन्ट बोल्ट, डेभोन कनवे, कोलिन डी ग्रयाण्डहोम, म्याट हेनरी, कायल जेमीसन, टम लाथम, हेनरी निकोलस, एजाज पटेल, टिम साउदी, रोस टेलर, नल वागनर, बिजे वाटलिंग र विल योंग

भारतले भने फाइनलको लागि १५ सदस्यीय टोलिको घोषणा गर्न बाँकी रहेको छ।

भारतीय प्रारम्भिक टिम : रोहित शर्मा, शुबमन गिल, मायाँक अग्रवाल, चेतेश्वर पुजारा, बिराट कोहली ( कप्तान ) , अजिंक्ये रहाने ( उपकप्तान ) , हनुमा विहारी, रिशभ पन्त ( विकेटकिपर ) , रभीचन्द्रन आश्विन, रभीन्द्र जडेजा, अक्षर पटेल, वासिंगटन सुन्दर, जस्प्रित बुम्राह, इशान्त शर्मा, मोहम्मद शामी, मोहम्मद सिराज, शार्दुल ठाकुर, उमेश यादव, केएल राहुल , रिद्दिमान शाह ( विकेटकिपर )

सम्बन्धित :-

-वर्ल्ड टेस्ट च्याम्पियनसिपको पुरस्कार राशि घोषणा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy